मध्यपहाडी लोकमार्ग अबरुद्ध

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड शनिबारदेखि अबरुद्ध भएको छ ।

अविरल वर्षाका कारण गलकोट नगरपालिका–९ र ७ को सिमानामा खसेको पहिरोका कारण लोकमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

शनिवार साँझसम्म पहिरो खुलाउने प्रयास भइरहेपनि निरन्तर खसेको पहिरोले सडक खुलाउन समस्या भएको प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *