जैमिनीका पहिरो पीडितलाई राहत

आदर्श अनलाइन, बागलुङ
जैमिनीमा अविरल वर्ष सँगै खसेको पहिरोले पुरिएर ज्यान मृत्यु भएका र विस्थापितका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत प्रदान गरेको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रमा पुगेको टोलीले पहिरो पुर्ण रुपमा क्षती पु¥याएको जैमिनी नगरपालिका १ टुनीबोटका आठ घर परिवारलाई प्रारम्भिक राहत प्रदान गरिएको छ ।

पहिरो पीडित प्रति परिवार १५ हजार रुपैयाँका दरले राहत प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए । जैमिनीमा पहिरोले ३ जनाको मृत्यु भएको थियो । मृतकको आफन्तलाई केही दिन पनि राहत प्रदान गर्ने पन्तले जानकारी दिए ।

राहत हस्तान्तरण संघिय सांसद डा. सुर्य पाठक र स्थानिय जनप्रनिधिको उपस्थितिमा प्रदान गरिएको थियो । त्यसैगरी मृतक प्रति प्रमुख जिल्ला अधिकारी र सांसद पाठकले श्रद्धान्जली अर्पण गर्नुका साथै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरेका थिए ।

पहिरोमा परी ज्यान गुमाएका परिवारलाई जैमिनी नगरपालिकाले पनि किरिया खर्च बापत प्रति परिवार २५ हजारका दरले राहत प्रदान गरेको छ । पहिरोमा परी ज्यान गुमाएका जैमिनी नगरपालिका वडा नम्बर १ टुनीबोटकी लक्ष्मी पौडेल र हरिकृष्ण पौडेल र वडा नम्बर ५ की जालपादेवी पौडेलको परिवारलाई किरिया खर्च बापतको रकम दिईएको नगर प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए ।

पीडितलाई तत्कालका पिडामा मलम लगाउने उद्देश्यले केही राहत प्रदान गरिएको र अन्य क्षतीका बारेमा विस्तृत अध्ययन गरी पछि थप गरिने नगरप्रमुख पौडेलले बताए । मृतकको परिवारलाई घटनास्थलमै पुगेर नगद प्रदान गरिएको गरिएको हो । पहिरोबाट विस्थापित टुनिबोट र विनामारेका १० घर परिवारलाई नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाले पनि राहत सामाग्री हस्तान्तरण गरेको हो ।

शाखाका जिल्ला सदस्य जगन्नाथ आचार्यले प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा एकजोर पकाउने भाँडा, त्रिपाल, कम्मल लगायतका राहत सामाग्री हस्तान्तरण गरेका थिए । त्यस्तै टुनिबोटका पहिरो पीडितका लागी नेपाली काँग्रेस जैमिनी –१ पनि खाद्यय सामाग्री हस्तान्तरण गरेको छ ।

काँग्रेसले पहिरोबाट पिडित परिवारलाई प्रति परिवार १ बोरा चामल, दुई किलो दाल, एक पोका नुनु, दुई पोका तेल एक किलो सोयाविन सहयोग गरेको काँग्रेसका वडा सभापति हरि प्रसाद शर्माले जानकारी दिए । दुई दिनको निरन्तर पहिराले जैमिनीमा आठ घर पुरिएका छन् भने ३४ घर उच्च जोखिममा छन् । घर पुरिएका र जोखिममा रहेका घर परिवार अहिले आफन्तको घरमा आश्रय लिएका छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *