दिवंगत सांसद गाेविन्द अधिकारीको स्मृतिमा पार्क निर्माण

आदर्श अनलाइन, बागलुङ

बागलुङका पूर्व सांसद स्वर्गिय गोविन्द अधिकारीको स्मृतिमा पार्क निर्माण गरिएको छ ।

लोकप्रिय नेताको रुपमा चिनिदै आउनुभएका पूर्व सांसद अधिकारीको सम्झनामा बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ सीर्पालीमा ‘गोविन्द अधिकारी स्मृति पार्क’ निर्माण गरिएको छ ।

त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्य सहित स्वर्गिय सांसदको सम्झना स्वरुप पार्क निर्माण गरिएको गोविन्द अधिकारी मेमोरियल माउण्डेशनका संस्थापक सचिव खिमानन्द कंडेलले जानकारी दिनुभयो ।

नेपाल सरकारको सस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालबाट गत आर्थिक वर्षमा बिनियोजन भएको २० लाख बजेट र २ लाख जनश्रमदानबाट पार्क निर्माण गरिएको छ । सामुदायिक वनले उपलव्ध गराएको झण्डै २० रोपनी जग्गालाई पार्क निर्माण संगै बनोभज स्थल बनाउने गरी पार्क व्यवस्थि गरिएको हो ।

जनताको सेवाका लागि गलकोट जानेक्रममा पार्क निर्माण स्थलमा सांसद अधिकारीको हृदयघातका कारण निधन भएको थियो । सोही स्थानमा पार्क निर्माण गरिएको गोबिन्द अधिकारी स्मृति पार्क निर्माण समितिका अध्यक्ष उपभोक्ता समिति लक्ष्मण कंडेलले जानकारी दिनुभयो ।

२०७७ बैशाखबाट निर्माण शुरु भएको पार्क निर्माण बन्दाबन्दीका कारण केही ढिला गरी सम्पन्न भएको समितिका सचिव भक्त बहादुर पुनले बताउनुभयो । पार्कमा चारवटा कटेज, पाँच वटा फलामे कुर्ची, ट्रसको छाप्रो, मन्दिर, पक्की शौचालय, खानेपानीको धारा र ट्ङ्की तथा बगैचा लगायतका पूर्वाधार निर्माण गरिएको निर्माण समितिका सदस्य घनश्याम काउँचाले जानकारी दिनुभयो ।

कम्युनिष्ट नेता स्वर्गिय गोविन्द अधिकारीको बागलुङ जिल्ला प्रवेशद्वार कालिका मन्दिर नजिकै स्मृति गेट समेत रहेको छ । बागलुङ नगरपालिका–३ गुठीमा जन्मनुभएका अधिकारी बागलुङ क्षेत्र नम्बर एकको दोस्रो संसदीय निर्वाचनमा निर्वाचित हुनुभएको थियो । २०५५ फागुन ११ मा पैदल मार्ग मार्फत जनभेटघाटमा गलकोट जाने क्रममा सीर्पाली भन्ने स्थानमा हृदयघाटका कारण निधन भएको थियो ।

निर्वाचित सांसद एवं तत्कालीन समयका लोकप्रिय नेता स्वर्गीय गोविन्द अधिकारीको संझनालाई चिरस्थायी बनाउदै पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण गर्न थालिएको गोविन्द अधिकारी मेमोरियल माउण्डेशनका संस्थापक सचिव कंडेलले बताउनुभयो ।

पार्क निर्माण संगै त्यस क्षेत्रका पर्यटकीय स्थल झुलेनीको धूरी, शिव धूरी, कालिलेक, मोतीमारे, वेलढुङ्गा, घोडा बाँधे, रामकोट र बिहुँकोट लगायतका स्थान संग जोडिएर पर्यटन प्रर्बद्धन गर्न सकिने छ । ग्रामीण समाजको विकासको लागि अधिकारीले गरेको योगदानको कदर गर्दै स्मृति पार्क निर्माण भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *