घरभाडा छुुट गर्नेेलाई बागलुङ उद्योग वाणिज्य संघले पुरस्कार दिने


–सुवास गौतम, बागलुङ

कोरोना माहामारीको सन्र्दभमा नेपालमा पाँच महिना व्यवसाय ठप्प जस्तै भयो । गत चैत देखि करिब पाँच महिना बन्दाबन्दी भएपछि व्यवसायिकहरुको उठिबासनै लागेको छ । लामो समय व्यवसाय बन्द हुँदा व्यवसायिलाई घरभाडा तिर्न समस्या भएको छ ।

घरभाडा तिर्न नसकेर व्यवसाय बन्द गर्नथालेका व्यवसायिको राहतका लागि बागलुङ उद्योग बाणिज्य संघले सक्रियता देखाएको छ । बागलुङ उद्योग वायिज्य संघले बन्दाबन्दी हुँदा देखिनै घरधनीहरुलाई भाडा छुट दिन आग्रह गर्दे समेत आएको छ । हाल सम्म बगालुङ बजारका झण्डै १५० घरधनीले घरभाडा छुट समेत दिएका छने । कोरोना भाइरसका कारण आफ्नै घरमा व्यवसाय गर्ने भन्दा भाडा तिरेर व्यवसाय सञ्चालन गर्नेलाई निकै समस्या सृजना भएको छ । बागलुङ उद्योग वाणिज्य संघले घरभाडा छुट दिनेलाई प्रोत्साहन गर्न थालेको छ । बागलुङ उद्योग वाणिज्य संघको आग्रह वा स्वतस्र्फूत रुपमा घरभाडा छुट गरेका घरधनीहरुलाई प्रोत्सान स्वरुप सम्मान तथा पुरस्कार गर्ने भएको हो ।

घरभाडा छुट दिने घरभेटीलाई प्रोत्साहन र अन्य घरधनीलाई भाडा छुट दिन अभिप्रेरित गर्नका लागि घरधनीलाई पुरस्कार तथा सम्मान गर्ने कार्याक्रम अघि सारेको बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो । “कोरोना महामारीमा व्यवसायिलाई धेरै मार परेको छ, भाडामा व्यवसाय सञ्चालन गर्नेहरुले भाडा तिर्न नसकी व्यवसाय वन्द गर्दा त्यसको मार घरधनीलाई समेत हुँने गर्दछ” राजभण्डारीले भन्नुभयो “धेरै घरधनीले एक महिना देखि पाँच महिना सम्मको घरभाडा छुट गर्नुभएको छ, उहाँहरुलाई कदर स्वरुप उद्योग वाणिज्य संघले सम्मान गरिने छ ।”

राजभण्डारीका अनुसार घरभाडा छुट दिने घरधनीको लगत संकलन भइरहेको बताउदै सबैलाई सम्मान पत्र सहित आगमी उद्योग वाणिज्यसंको साधारणसभामा सम्मान गरिने छ । उहाँले घरभाडा छुट दिने घरधनीहरु बढ्दै गएमा साधारणसभा अघिनै सम्मान गरिने बताउनुभयो । बागलुङ उद्योग वाणिज्य संघका अनुसार हाल सम्म बागलुङ बजारका करिब १५० घरधनीले आफ्नो घरमा सञ्चालित व्यवसायलाई घरभाडा छुट दिएको तथ्याङ्क रहेको छ ।

बागलुङका ठूला तथा साना व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले घरभाडा तिर्न नसक्दा व्यवसायनै धरापमा परेको गुनासो गर्दै आएका छन् । हाल सम्म बागलुङ बजारका एक दर्जन व्यवसायीले भाडा तिर्न नसकेर व्यवसाय नै बन्द गरेका छन् । व्यवसायीहरुलाई भाडा तिर्न नसकेर व्यवसायबाटै हात धुनुपर्ने अवस्था नआवोस भन्नका लागि भाडा छुट दिने घरभेटीका लागि पुरस्कार दिन थालिएको हो । उद्योग वाणिज्यसंघले घरभाडा छूट दिने घरधनीको संख्याका आधारमा कस्तो पुरस्कार दिने भन्ने निर्णयमा पुगिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *