बडिगाडको राक्सेमा पहिरो लोकमार्ग अबरुद्ध, पाँच घरमा क्षति

फाईल तस्विर

–आदर्श अनलाईन, बागलुङ

राष्ट्रिय गौरवको आयोजना रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड पहिरोका कारण अबरुद्ध भएको छ । अविरल वर्षपछि बागलुङ जिल्लाकोे बडिगाड गाउँपालिका–२ राक्सेमा पहिरो जाँदा मध्यपहाडी पुष्पालाल लोकमार्ग अवरुद्ध भएको हो ।

दगातुन्डाँडाको जिमीबाट खसेको पहिरोले राक्से भन्ने स्थानमा सडक अबरुद्ध भएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहर सिंह पाइजाले जानकारी दिनुभयो । सोमबार साँझबाट अबरुद्ध भएको पहिरो मंगलबाग बिहानैबाट बडिगाड गाउँपालिकाको डोजरले खुलाउने प्रयास थालेपनि समय लाग्ने गाउँपालिका–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिनुभयो ।

उक्त पहिरोले स्थानीय दुर्गा अर्याल, जितबहादुर विक, विरबहादुर घर्ती, धनबहादुर थापा र गोविन्द अघिकारीको घरमा समेत क्षति पु¥याएको शेरचनको भनाई रहेको छ । पहिराले घरको पाली, गारो तथा छानोको भागमा क्षति पु¥याएपछि सोमबार साँझनै पाँच परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
लोकमार्ग अवरुद्ध भए पछि बुटवल, पोखरा, बागलुङ बजार हुँदै रुकुम पुग्ने सवारीसाधनहरु अलपत्र परेका छन् । पछिल्लो समय लोकमार्गमा पहिरो खसेर सडक अबरुद्ध भइरहेको छ ।

एक हजार ७७६ किलोमिटर लामो पुष्पलाल मध्ये पहाडी लोकमार्गको सबै भन्दा बढीं १४२ किलोमिटर सडक खण्ड बागलुङमा पर्छ । जसमध्ये ५२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *