कुँवरका परिवारलाई दियो यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख बीमा दाबी रकम

आदर्श अनलाइन, बागलुङ
यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका गगन गुरुङ कुँवरको बीमा दाबी रकम ५ लाख २५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीले स्थानीय जनप्रतिनीधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय लगायतको रोहोबरमा कुँवरको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको बीमा कम्पनीका प्रादेशिक उप–प्रमुख बलराम गौतमले जानकारी दिनुभयो ।

कुँवरको फागुन १२ गते मृत्यु भएको थियो । लकडाउनले गर्दा उहाँको दाबी रकम केही ढिलो भएको गौतमको भनाई छ । मृतक कुँवरले गत वर्ष मात्रै बीमा गर्नु भएको थियो ।

गौतमले मृतक कुवँरले गत वर्ष बीमा गरेको र पहिलो किस्ता बापतको २६ हजार ५ सय ९८ तिरेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *