ढोरपाटनमा ढुङ्गाले लागेर गम्भीर घाइतेको हेलिकप्टरमार्फत उद्दार

आदर्श अनलाइन, बागलुङ
बागलुङको ढोरपाटन नगरपालिकाबाट दुर्घटनामा गम्भीर घाइतेलाई हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिका–४ स्थित डोजरले सडक पन्छाउने क्रममा खसेको ढुङ्गाले लागेर सक बहादुर खत्री गम्भिर घाइते हुनुभएको हो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका खत्रीको प्रभु एयरको हेलिकप्टर मार्फत काठमाण्डौं स्थित टिचिङ अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो । घाइतेको घाटीमा चोट लागेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *