मध्यपहाडी लोकमार्ग : उस्तै सास्ती के बर्खा के हिउँद

आदर्श अनलाइन, बागलुङ
कालोपत्रे हुन नसकेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड के वर्षात के हिउँद यात्रुलाई सास्ती उस्तै रहेको छ । वर्खामा हिलाम्मे लोकमार्ग हिउँद लाग्दासाध धुलाम्मे भएको छ । वर्खामा हिलोका कारण सास्ती खेप्दै आएको यात्रुले हिउँदमा धुलोका कारण सास्ती खेप्दै आएका छन् ।

ट्रयाक खोलेको २० वर्ष वितिसक्दा समेत कालोपत्रे हुँन नसक्दा मध्यपहाडी लोकमार्गको बिजोक भएको छ । वर्खामा पानीले गराएका खाल्टाखुल्टी समेत नपूर्दा हिउँदमा धूलो संगै यात्रा गर्न कठिन भएको छ भने धुलोले मध्यपहाडी लोकमार्ग क्षेत्रका स्थानीयले समेत सास्ती खेप्दै आएको बागलुङ नगरपालिका–३ खहरे निवासी जंग बहादुर कार्कीले गुनासो गर्नुभयो । “घर अगाडी राष्ट्रिय गौरवको आयोजनाको सडक हुँदा गर्भ लाग्नुपर्ने हो” कार्कीले भन्नुभयो “सडक आएको २० वर्ष नाघ्यो कालोपत्रे हँुने भनेको समेत १० वर्ष वित्न थाल्यो, वर्खामा हिलोले टेक्नै नमिल्ने हुन्छ, अहिले धूलो उठेर घर नदेखिने हुन्छ, कती समय सडकमा पानी छर्केर वस्ने हो ।”

वर्षातका कारण सडक हिलाम्मे भइरहने मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड हिलाम्य र अहिले धुलाम्मे हुँदा यात्रुहरुले सास्ती खेप्न बाध्य भएका हुन् ।

राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी लोकमार्ग आयोजना समयमा कालोपत्रे हुन नसक्दा बर्खायाममा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे भएर हिड्नुपर्ने बाध्यता छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको अधिकांश भाग कालोपत्रे भइसक्दा समेत सुगम मानिने जिल्ला सदरमुकाम नजिकै लोकमार्ग अलपत्र अवस्थामा छ । वर्षातभर हिलाम्मे भएर सडक अवरुद्ध हुने समस्या भोगेका यात्रुहरुले हिउँदको समयमा सडक छेउमा थुपारिएका माटो सहितको ग्राभेलका कारण धुलाम्मे भएर सास्ती खेप्नपरेको यात्रु कुविर बहादुर क्षेत्रीले बताउनुभयो ।

जिल्ला सदरमुकाम सँग जोडिएको घोडाबाँधे सम्मको २५ किलोमिटर सडक ठेकेदारको चरम लापरर्वाहीका कारण कालोपत्रे नहुँदा हिउँदको समयमा समेत सास्ती खेप्नु परेको हो । निर्माण सुरु भएको दुई दशक बितिसक्दा समेत ग्राबेलको काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने यात्रु तथा सवारी चालक बताउँछन् । पछिल्लो समय अक्षेते–घोडाबाँधे खण्डमा कालोपत्रे गर्नका लागि सामान्य काम भएपनि तल्लो खण्डले तिव्रता पाउन सकेको छैन ।

नेपालको पुर्व–पश्चिम जोड्ने पहाडी मार्गको रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको २०७६ कात्तिक मसान्त सम्म काम सम्पन्न गर्ने गरी २०७३ सालमा सम्झौता भएको थियो । तर, समयमा सम्पन्न नभए पछि ठेकेदारले पहुँचको भरमा पटक–पटक म्याद थप गर्दै आएको छ । ठेकेदारको लापरवाही र सरोकारवाला निकायको उदासिनताका कारण पनि समयमा काम नभएको भन्दै स्थानीयले आक्रोश व्यक्त गर्दै आएका छन् ।

बुर्तिबाङबाट ६७ किलोमिटर सडक दुई घण्टामा पार गरेर घोडाबाँधे आएका सवारीलाई त्यहाँबाट २५ किलोमिटरको दुरीमा रहेको सदरमुकाम आउन अहिले दुई घण्टा बढी लाग्ने गरेको सवारी चालक सनबहादुर रोकाले बताउनुभयो । “सडक जीर्ण र धुलाम्मे छ, वर्खामा परेका खाल्टा नपुदार्ग सवारी गुडाउनै समस्या छ” रोकाले भन्नुभयो “बाटो कालोपेत्र नहुँदा दैनिक जसो सवारी विग्रने गर्दछ, यात्रुलाई भनेको समयमा पु¥याउनै सकिदैन ।” बर्खायाममा सडक तल र माथीबाट पहिरो जाने, सडकमा ठूला–ठूला खाल्टा पर्ने र हिउँदमा पहिरोले पारेको समस्या र खाल्टाखुल्टीका कारण सास्ती भएको हो ।

पटक–पटक आयोजना, ठेकेदारलाई ध्यानार्कषण गर्दा समेत लोकमार्ग कालोपत्रे हुँन नसकेको बागलुङका संघीय सांसद डा.सूर्य पाठकले बताउनुभयो । “सडक देखि सदन सम्म कुरा उठाउदा समेत ठेकेदार नतात्नुको पछाडी केही होला” डा. पाठकले भन्नुभयो “ठेकेदारलाई कालो सुचीमा राखेर तत्कालै अर्कौ टेण्डर गर्न आवश्यक छ ।” अलपत्र बनेको सदरमुकाम बागलुङ बजार देखि बिहुँ सम्मको १३ किलोमिटर सडकको जिम्मा सिद्धिसाई कन्स्ट्रक्सन र बिहुँ देखि घोडाबाँधेसम्मको सडकको १२ किलोमिटर सडकको जिम्मा सुर्य कन्स्ट्रक्सनले लिएको छ । अहिले दुवै ठेकेदार कम्पनीका प्रतिनिधि सम्र्पकमा छैनन् । ठेकदारलाई बोलाए काम गर्न नसक्नुको कारणका बारेमा स्पष्टीकरण लिने मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका प्रमुख मेघराज मराशिनीले जानकारी दिनुभयो ।

कुल १ हजार ७ सय ७६ किलोमिटरको यस लोकमार्गको बागलुङ खण्डमा मात्रै १ सय ४२ किलोमिटर पर्छ । जसमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *