सुरक्षा अपनाएर गतिविधि गर्न प्रशासनको आग्रह


आदर्श अनलाइन, बागलुङ
यही कात्तिक १७ गते राती देखि बागलुङ बजारमा जारी बन्दाबन्दी अन्त्य भएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार सूचना जारी गर्दै आगमी दिनमा मापदण्ड अपनाएर गतिविधि गर्न आग्रह गरेको छ । ६ बुदामा जारी सूचनामा गर्न हुँने कार्य र गर्न नहुँने कार्यहरु जानकारी गराएको जिल्ला प्रशासनक कार्यालय बागलुङले जनाएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गर्न हुुँने, अर्को सुचना जारी नगर्दा सम्म बन्द रहने सेवा र ध्यान दिनुपर्ने कुरा सहित सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । सुचनामा एक हप्ता देखि जारी बन्दाबन्दी अन्त्य, होटल तथा रेष्टुराँमा, यातयातका साधनहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सुचारु गर्न सकिने भनिएको छ ।

यस्तै विद्यालय, कलेज, ट्युसन सेन्टर र परिक्षा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार हुँने, प्रर्दशन, भेला, सिनेमा हल, पार्टी प्यालेस, शैलून, स्विमिङ पुल, व्युटिपार्लर, खेलकुदका कार्यक्रम तथा भीडभाड हुँने कार्यक्रम सञ्चालन गर्न नपाइने । कोरोनाको समयमा क्रितिम अभाव सृजना गर्नेलाई कडा कारवाही गर्ने, चाडपर्वमा उच्च सर्तकता अपनाइ घरमै सिमित गर्न प्रशासनले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *