बन पैदावार माथिको रोक हटाउन सामुदायिक बन उपभोक्ता महासंघको माग

आदर्श अनलाइन, बागलुङ
सामुदायिक बन उपभोक्ता महासंघ बागलुङले रुख कटान तथा बिक्री बितरण गर्न लगाइएको रोक फुकुवा गर्दै उच्च स्तरिय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यलय बागलुङ र डिभिजन बन कार्यालय मार्फत ज्ञापन पत्र पठाउदै रोकिएको वन पैदावार खुलाउन र उच्च स्तरिय छानबिन समितिको प्रतिवेदनमा सामुदायिक बनको सन्दर्भमा दिइएका सुझावको इमान्दारिता पूर्वक तत्काल कार्यान्वयन गर्न गराउन माग गरिएको हो । ।

महासंघको देशव्यापी कार्यक्रम अन्र्तगत बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र डिभिजन बन कार्यलय बागलुङका डिभिजन बन अधिकृत मुकुन्दप्रसाद अधिकारीलाई सम्बन्धित मन्त्रालयमा पु¥याउने गरी ज्ञापन पत्र पठाइएको सामुदायिक बन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष राज थापाले बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपनेले सामुदायिक बनको कतिपय ऐन नियम व्यवहारिक नभएको गुनासो आइरहेका बेला महासंघले सरकारको ध्यानाकर्षण गराउनु सकरात्मक भएको भन्दै सम्बन्धित मन्त्रालय पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

डिभिजन बन अधिकृत मुकुन्दप्रसाद अधिकारीले सामुदायिक बनमा कटान गर्नुपर्ने रुखहरु यतिकै बिग्रेर गएको र उपभोग गर्न पाउनु पर्ने समुदायले उपभोग गर्न नपाउनु दुखद भएकाले सम्वन्धित निकायमा पठाउने र पहल गर्ने बताउनुभयो ।

ज्ञापन पत्रमा नेपाल सरकार (मन्त्रिपरिषद ) बाट २०७७ जेष्ठ १५ गते बन क्षेत्रबाट काठ कटान ओसार पसार तथा बिक्रि वितरणमा लगाईएको प्रतिबन्ध महासंघकौ पहलमा खोल्ने सहमति भएकोमा २८ गते साल बाहेकका काठ मात्र खुलाई सालमा निरन्तर प्रतिबन्ध रहेकाले देश भरका २२ हजार २ सय ६६ सामुदायिक बन व्यवस्थापन गरिरहेका २९ लाख घरधुरीका १ करोड ४० लाख उपभोक्ता मर्कामा परेको उल्लेख गरिएको छ ।

सालको काठ रोक्का भएका कारण समुदायका उपभोक्ताले घरगोठ बनाउनबाट बञ्चित भएका छन् भने अर्को तिर सामुदायिक बनले स्थानीय गरिव बिपन्न वर्गलाई गर्दै आएको सहयोग रोकिदा सामाजिक सहयोग गर्न समेत बाधा पुगेको छ ।

वर्तमान विषम परिस्थितिमा सरकार जनताको हुनु पर्नेमा उल्टै समुदायले उपभोग गरिरहेको अधिकार समेत कटौती गर्नु लोकतान्त्रीक गण्तन्त्र माथीको प्रहार भएको ज्ञापनपत्रमा उल्लेख छ ।

मन्त्रिपरिषदको निर्णयका बारमो गत असोज ११ मा निर्णय भए पश्चात् उक्त मन्त्रालयले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा विभिन्न कार्य गर्न शुरु गरेको भन्ने व्यहोरा अवगत भएता पनि सामुदायिक बन उपभोक्ता समूहले सामुदायिक बनबाट संकलित सालका काठहरुको सदुपयोग तथा विक्री वितरणका विषयमा हाल सम्म पनि कुनै निर्णय नभई अवरोध सृजना भएकोले महासंघले ध्यानाकर्षण गरेको अध्यक्ष थापाले बताउनुभयो । पाल सरकार, बन तथा वातावरण मन्त्रालय समक्ष अनुरोध गरिएको छ ।

कार्यक्रमको सञ्चालन सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला सचिव मुना थापा मगरले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *