उपल्लाचौरको कपास उद्योगमा आगलागी


आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्ला सदरमुकामको कपास उद्योगमा आगलागी भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौर स्थित अस्मिता कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

कपास उद्योगमा आगलागी हुँदा कपास पेल्ने औजार, ट्रसको छाप्रो, सिरक र डसना पूर्ण रुपमा जलेर नष्ट भएको रेग्मीले बताउनुभयो ।

आज साँझ मंगल ५ बजे पछि लागेको आगो एक घण्टापछि स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको थियो । विद्युत तार सट भएर विर बहादुर श्रेष्ठले संचालन गरेको कपास उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आइनसकेको प्रहरीको भनाई रहेको छ । प्रहरीका अनुसार नगरपालिकाको दमकल चालक नभएको भन्दै पुग्न सकेन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *