समाचार फ्लोअप : भासिएको देउराली चोकको मर्मत थालियो

साधना पन्त, बागलुङ
लामो समय देखि भासियर जीर्ण बनेको बागलुङ बजारको देउरालीचोक मर्मत गर्न थालिएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ देउराली चोकमा भासिएको चार महिनापछि बागलुङ नगरपालिकाले मर्मतमा चासो देखाएको छ ।

धौलागिरी जागण दैनिक, अग्रसर साप्ताहीक, आर्दश अञ्चार अनलनईनमा ‘भासिएको देउराली चोक मर्मत भएन, दुर्घटना पर्खदै देरालीचोक’ शिर्षकको समाचार प्रकाशित भएपछि नगरपालिकाले सडक मर्मत गर्न चासो देखाएको छ । कात्तिकमा धौलागिरी जागरण दैनिकमा ‘दुर्घटना पर्खदै देउराली चोक’ भन्ने समाचार प्रकाशित भयो तर नगरपालिकाले सडक मर्मत गर्न चासो नदेखाएपछि पुन मंसिर ४ गते जागरण दैनिकमा ‘देउरालीचोक मर्मतमा नगरपालिकाको ध्यान गएन’ भन्ने समाचार प्रकाशित भएसंगै नगरपालिकाले बजेट विनियोजन गरी सडक मर्मत थालेको छ । अहिले देउरालीचोकमा सडक मर्मत गर्नका लागि सवारी आवत जावत बन्द गरिएको छ ।

गत भाद्रमा अविरल वर्षासँगै नगर खानेपानीको पाइप फुटेर सड्क भासीएको ४ महिना पछि सड्क मर्मत गर्न भइरहेको छ । ढलान गरेको सडक एक वर्ष नवित्दै भासिएको थियो । भासिएको सडकमा ट्याक्टर समेत दुर्घटनामा परिसकेको छ । सडक मुनीबाट खान्ेपानीको पाइप भएकाले सडक मर्मतमा चुनौती समेत छ । सडक मर्मत गर्ने क्रममा बिहीबार खानेपानीको पाइप फुटेर समस्या बनाएको थियो ।

बरेङ शान्तिपूर, सिगाना हुदै बागलुङ बाजर आउने मुख्य नाका भासिदा ४ महिना बाट दिनहँु सैयौ सवारी साधनले जोखिम मोलेर यात्रा गरेका थिए ।

भासिएको सडक मर्मतका लागि नगरपालिका बाट १० लाख बजेट विनियोजनन भएको मर्मतको काम अगाडी बढेको उपभोक्ता समितिका सचिव सन्जयकुमार श्रेष्ठले बताउनुभयो । देउराली चोक सुधारका लागि रु. ५० लाख बजेट आवश्यक पर्ने भएपनि नगरपालिकाले जम्मा १० लाख बजेट छुट्टाएर मर्मत थालेको छ ।

भासिएको सड्क मर्मतको लागि स्थलगत अध्ययन गरेर काम सुरु गरेको वडा नम्वर ३ का वडा अध्यक्ष लक्षमी बास्कोटाले जानकारी दिनुभयो । खानेपानीको च्याम्बर र बिजुलीको पोल हटाउने भनेर सल्लाह भईसकेको र २० दिनमा काम सम्पन्न हुने बाँस्कोटाले बताउनुभयो । देउराली चोकको झण्डै ५० मिटर ढलान सडक भासिएर छियाछिया बनेको छ । तत्कालै भुगर्भ विद्को टोली झिकाएर अध्ययन गरी मर्मत सम्भार नगरे देउरालीचोकनै बग्न सक्ने स्थानीयको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *