कोरोनापछिको स्वास्थ्य अवस्था प्रति राष्ट्रिय मानव अधिकारको चासो

आदर्श अनलाईन, बागलुङ

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयले बागलुङमा कोरोना पछिको स्वास्थ्य अवस्था र मानव अधिकार उलङ्घनको विषयमा जानकारी लिएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखामा आइतबार पत्रकार, मानवअधिकारवादी तथा उपभोक्ता मञ्चका पदाधीकारीहरु संग आयोग कार्यालय पोखराले कोरोना पछि स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव र अवस्थाको विषयमा जानकारी लिएको छ ।

भेटघाट कार्यक्रममा आयोगले स्वास्थ्यकर्मी, पत्रकार तथा सुरक्षाकर्मीले संकटमा गरेको काम प्रशंसनीय रहेको बताएको थियो । भेटघाट कर्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय सदस्य राम बहादुर केसी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिष, गैर सरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, उपभोक्ता मञ्चका सदस्य मन्जु क्षत्री, इन्सेक जिल्ला प्रतिनिधि सृजना पन्त, संकल्प नेपाल गण्डकी प्रदेशका अध्यक्ष सावित्रि खड्का, भक्त बहादुर बि.क, धौलागिरी क्याम्पसका प्रध्यापक गोविन्द गौतम, अपाङ्गता सरोकार समिति बागलुङका सचिव होमनाथ शर्मा, पत्रकार राम थापा, खेमराज गौतम, तारानाथ आचार्य लगायतले बागलुङमा कोरोनाका कारण भोग्नुपरेको स्वास्थ्य जटिलता, कोरोनाका कारण उब्जिएको स्वास्थ्य समस्याका विषयमा आयोगलाई सुझाव पेश गरेका थिए ।

उनिहरुले पत्रकारले रिपोर्टिङमा भोग्नुपरेको समस्या, आइसोलेसनमा बस्दा भोग्नु परेको समस्या, स्वास्थ्य संस्थामा उपचार गराउन जानसक्नुको अवस्था, मानवअधिकार उलङ्घनका घटनामा उजुरी दर्ता गर्न नसक्नु लगायतका समस्या अवस्थाको विषयमा जानकारी गराइएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईले कोरोना पछिको संकटका कारण स्वास्थ्य विषयमा प्राप्त महत्वपूर्ण सुझावहरु प्रदेश तथा राष्ट्रिय स्तरबाट समाधानको प्रयास गरिने बताउनुभयो । कार्यक्रममा मानव अधिकार आयोगका कर्मचारी खिमलाल सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *