सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा

थम्मन थापा, गलकाेट
सोमबार दिउँसोदेखि गलकोट नगरपालिका वडा नं ५ र ७ का ३ सामुदायिक वनमा लागेको आगो निभाइएको छ । सामुदायिक वनका उपभोक्ताहरूको सक्रियतामा आगो नियन्त्रण गरिएको ठूलाचौर महिला सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष थुम कुमारी थापाले जानकारी दिइन ।

आगोलागीको कारण गलकोट नगरपालिका वडा नं ५ को दानसिङ डाँडा सामुदायीक वन, गगनपानी सामुदायीक वन र वडा नं ७ को ठुलाचौर सामुदायिक वनमा करोडौं रुपैयाँको क्षति भएको छ ।

भैंसे दान्सिङ डाँडा सामुदायिक वन गलकोट नगरपालिका वडा नं ५ देखि सुरु भएको आगो गगनपानी सामुदायीक वन हुँदै छिमेकी वडाको ठुलाचौर सामुदायीक वन सम्म फैलिएको थियो । राती नै स्थानीयको व्यापाक सहभागितामा अग्नि रेखा निर्माण गरी आगो नियन्त्रण गरिएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।

ठुलाचौर सामुदायीक वनको मल्म खोलापारी देखि मान्दारा दानसिङ जोडने गोरेटो बाटो सफा गरि स्थानियले अग्नि रेखा निर्माण गरेका थिए । झण्डै २ सय जना मानिसले लाइनमा बसी स्याउला, बाल्टीमा पानी बोकेर आगो निभाउन सफल भएको ठुलाचौर सामुदायीक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले बताइन ।

गलकोट नगरपालिका ७ मल्मका स्थानियले आफ्नो ज्यानलाई जोखिममा राखेर भिरालो जंगलमा रातको समयमा आगो निभाएको जनहित माध्यमिक विद्यालयका शिक्षक हिरा बहादुर थापाले बताए । मोवाइल र टर्च लाइटको साहारामा आगो निभाउन सफल भएको समाजसेवी बाबुराम थापाले बताए । राती नै स्थानियबासी जंगलमा आगो नियन्त्रण गर्न पुगेका थिए आगो मध्यरातमा नियन्त्रणमा आएको थियो । जंगलको नजिकै रहेको बस्ती खोलापारी, साहानिडाँडा, नरौदी र मान्दारा आगोको उच्च जोखिममा रहेका थिए । आगो झण्डै १७/१८ घण्टा पछि नियन्त्रमा आएको हो ।

आगोलागीको कारण दानसिङ डाँडा सामुदायीक वनको झण्डै ४० हेक्टर क्षेत्रफल, गगनपानी सामुदायीक वनको ५ हेक्टर र ठुलाचौर सामुदायीक वनको ८० हेक्टर जंगल जलेको छ । आगोलागी भएको खबर पाए लगत्तै स्थानिय र प्रहरीको सक्रियतामा आगो निभाउने प्रयास गरेपनि राती सम्म आगो नियन्त्रण बाहिर गएको थियो । आगो नियन्त्रण बाहिर गएपछि सामुदायीक वनको आसपासका बस्ती जोखिममा रहेका थिए ।

वन क्षेत्रमा आगोलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी, वनमा रहेका रुख बिरुवा जलेर नष्ट भएका छन । आगोलागीले ३ वटा सामुदायीक वनमा करौडौं मूल्यको क्षति भएको छ । आगो निभाउन ईलाका प्रहरी कार्यालय गलकोट, गलकोट नगरपालिका वडा नं ५ हरिचौर, टेउवा, दानसिङ डाँडा, मान्दारा, सर्दाखेतका रातभर सक्रिय रहेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *