लोकतन्त्र र कांग्रेस संकटमा छ : वरिष्ठ नेता पौडेल

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र कांग्रेस संकटमा रहेको बताउनुभएको छ । शनिबार बागलुङमा नेपाल शिक्षक संघले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय दोस्रो र तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै कांग्रेस आन्तरिक किचलोमा फसेको बताउदै सबै मिलेर कांग्रेस जनताको पहिलो पार्टी बनाउनु पर्ने बताउनुभयो ।

“लोकतन्त्र र कांग्रेस संकटमा छ जस्कारण नेपालनै संकटमा धकेलिन थाल्यो” पौडेलले भन्नुभयो “कांग्रेसले समिक्षा गर्ने बेला आएको छ, देश जोगाउन पहिला कांग्रेस सच्चिन आवश्यक रहेको छ ।” नेता पौडेलले पार्टी सभापती शेरबहादुर देउवाप्रति लक्षित गर्दै कांग्रेस कस्को कारण सकिदै छ भन्ने कुरा छर्लङ भएको बताउनुभयो ।

कम्युनिष्ट फुटेर चिरा चिरा पर्दा समेत कांग्रेस प्रति जनता आउन नसक्नुको पछाडि कांग्रेसको नै कमजोरी रहेको भन्दै अब कांग्रेस सच्चिएर जानुपर्ने बताउदै कांग्रेसको उपचार माथिबाट नभएर तलबाटै गर्न आवश्यक रहेको उहाँको भनाई रहेको छ ।

“अब माथिबाट कांग्रेस सुध्रिन्न जस्तो छ” पौडेलले भन्नुभयो जनस्तरबाटै उपचार विधि खोजौ । राष्ट्रको संकट बचाउन कांग्रेस सक्षम भएपनि आन्तरिक किचलो अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले देशको हित हुन्छ भने देउवा नेतृत्वमा कांग्रेस सरकारमा जान तयार रहेको बताउनुभयो ।

कांग्रेसमा व्यक्ति पुजाले लोकतन्त्रको लागि घातक रहेको भन्दै मैले पनि गुट गर्दिन अरुले पनि गुट नगरुन भन्ने कामना रहेको नेता पौडेलको भनाई रहेको छ । तपाईहरुले देउवा, पौडेल हैन कांग्रेसको सिद्धान्त मान्दै जानुस भन्ने आफ्नो मत रहेको बताउनुभयो । नेता पौडेलले शिक्षकले विद्यार्थीलाई संविधान पढाउन सक्नुपर्ने भन्दै संविधान पढाएपछि कांग्रेसमा आउ भन्ने नपर्ने उहाँको तर्क रहेको छ । यसो भन्दैमा विद्यालयलाई राजनीति गर्ने थलो नगराउन नेता पौडेललेको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *