शिकार आरक्षमा आगलागी : ३० हेक्टर वन जल्यो

आदर्श अनलाइन, बागलुङ

नेपालको एक मात्रै शिकार आरक्ष ढोरपाटन शिकार अराक्षको जंगलमा आगलागी भएको छ ।

शिकार आरक्षको बागलुङ जिल्ला क्षेत्र भित्रको बुकी क्षेत्रको काँङ भन्ने स्थानको जंगलमा आगलागी भएको शिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ ।

सोमबार देखि लागेको आगलागी मंगलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत विरेन्द्र प्रसाद कंडेलले जानकारी दिनुभयो ।

आरक्षको सुरक्षार्थ खटेको सत्रुमर्दन गुल्मको सेना तथा आरक्षको कर्मचारीले फायर लाइन निर्माण गरी आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट आरक्षको करिब ३० हेक्टर वनमा क्षति पु¥याएको छ । समयमै सुरक्षाकर्मी र कर्मचारी खटिएका कारण आगलागी नियन्त्रणमा आउदा बन्यजन्तुको क्षति हुन नपाएको आरक्षले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *