कालीगण्डकी दोहन रोक्दै शालिग्राम संरक्षण गर्नुपर्छ : एसपी मगर

आदर्श अनलाइन, बागगलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङका नव आगन्तुक प्रहरी प्रमुख (एसपी) कृष्ण बहादुर पल्ली मगरले बागलुङ कालीगण्डकी दोहन रोक्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । बिहीबार पत्रकारसँग छलफल गर्दै उहाँले कालीगण्डकी नदिमा नदिजन्य वस्तु उत्खनन् गर्दा स्काभेटर र ठुला औजारहरुको प्रयोग भएको गुनासो आएको भन्दै उहाँले कालीगण्डकी नदिको बागलुङ खण्डको संरक्षणको लागि आफुलाई सबैको साथको आवश्यक पर्ने बताउनुभयो ।

उहाँले पवित्र कालीगण्डकीको दोहन रोक्ने र बालग्रामको संरक्षण गर्नु सबैको जिम्मेवारी भएको बताउनुभएको थियो । बागलुङमा भन्दा पर्वत खण्डमा उत्खनन् बढी रहेछ, उहाँले भन्नुभयो सबैसँग सहकार्य गरेर कालीगण्डकी दोहन रोक्न लागिपर्नेछु ।

त्यसैगरी उहाँले जिल्लाको शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।

उहाँले जिल्लामा हालसम्म टुङ्गोमा नपुगेका पुराना मुद्धाहरुको अनुसन्धान गर्न आफु लागेको बताउनुभयो । एसपी मगरले रुपा गौतम हत्या काण्डको फाइल सँगै अन्य मुद्धाहरु पनि आफुले अध्यन गर्न सुरु गरेको भन्दै अपराधी कानुनी दायरामा आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रहरी संगठनलाई सुधार गर्नका लागि सबैको रचनात्मक सुझवको अपेक्षा गरेको भन्दै सबैको सहयोग भए जनतालले अपेक्षा गरे अनुसाको शान्ति सुरक्षा प्रदान गर्न सकिने समेत बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *