बल्देधुरी घटना : सांसद पाठकद्वारा निष्पक्ष छानविनको माग

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका स्थित बल्देधुरी घटनाको विषय संसदमा पुगेको छ । होली खेल्ने क्रममा सामूहिक झडप पश्चात दुई जनाले ज्यान गुमाएको संसदलाई जानकारी दिदै बागलुङ क्षेत्र नम्बर १ का सांसद डा. सूर्य पाठकले सभामुखको ध्यानआर्कषण गर्नुभएको हो ।

सांसद पाठकले आज बसेको संसद बैठकमा दिइएको विशेष समयमा बोल्दै बडिगाडमा होली खेल्ने क्रममा भएको घटनाको निष्पक्ष छानविन गर्न सरकारसंग माग गर्नुभएको छ । उहाँले मृतक प्रति भावपूर्ण श्रद्धान्जली तथा परिवारजनमा समवेदना प्रकट गर्दै घटनालाई राजनैतिककरण नगरी निष्पक्ष छानविनको माग गर्नुभएको हो ।

उहाँले नयाँ सरकार निर्माण गर्ने काम संसद भएको र त्यसका लागि संसद सक्षम रहेको बताउनुभयो । बैठकमा बोल्दै उहाँले जनताका प्रतिनिधिहरु भएको सार्वभौम संसद हुँदाहुँदै सरकार बनाउने छलफल डबलीमा हुनु दुखद् भएको बताउनुभयो । लामो समयदेखि एनजीओ र आईएनजीओको प्रभावमा परेर काम गरेका केहि मान्छेहरु जम्मा गरेर सरकार परिवर्तनको बहस डबलीमा हुँदा समस्या आएको भन्दै उहाँले सरकार बनाउने थलो संसद भएको र त्यसका लागि संसद सक्षम रहेको चुनौती दिनुभयो ।

वर्तमान सरकारले केही गरेन भन्नेहरुका मोटरेवल पुल, झोलुङ्गे पुल तथा कालोपत्रे सडकको हिसाव सुन्न आग्रह गर्नुभयो ।

गत आइतबार जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ७ र बडिगाड गाउँपालिका वडा नम्बर १० को सिमाना बल्देधुरीमा दुई गाउँका यूवा बिच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *