महासंघको निर्वाचनको समिक्षा गर्दै सकियो प्रेस संगठन नेपालको बैठक

आर्दश अनलाइन, बागलुङ
प्रेस संगठन नेपाल बागलुङको जिल्ला भेला आगामी वैशाख पहिलो हप्ता हुने भएको छ । बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको प्रेस संगठन नेपाल बागलुङका संयोजक थम्मन थापाले जानकारी दिए । बैठकले नेपाल पत्रकार महासंघ बागलुङ शाखाका नव निर्वाचित पदाधिकारीहरु, प्रदेश परिषद सदस्य, संघीय परिषद सदस्य सबैलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

निर्वाचन लाई प्रभावकारी र व्यवस्थित बनाउन उक्त अवधिभर सहयोग गर्ने, खटनुहुने सबैमा धन्यवाद ज्ञापन गरेको छ । आगामी दिनमा संगठनलाई थप व्यवस्थित गर्दै विस्तार सँगै व्यवस्थापनमा जोड दिइने संयोजक थापाले बताए । व्यवसायिक पत्रकारिता, श्रमजीवी पत्रकारहरुको हक, हित र अधिकारको निमित्त सदैव अगाडि बढ्ने संकल्प सहित वैशाख ४ गते गलकोटमा जिल्ला भेला आयोजना गरिएको सचिव अनिश खातीले जानकारी दिए ।

बैठकले नेपाल पत्रकार महासंघमा आफ्नो एजेण्डा र कार्यक्रमलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने, पत्रकार महासंघलाई संगठनको तर्फबाट रचनात्मक सुझाव सल्लाह सहित आवश्यक सहयोग गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका नव निर्वाचित उपाध्यक्ष तथा प्रेस संगठन नेपाल बागलुङका सदस्य जीवनकला खत्रीले बताइन् ।

सो अवसरमा नेपाल पत्रकार महासंघको निर्वाचनको समीक्षा, भावी कार्य योजना लगायतका विषयमा अन्तरकृया समेत गरिएको थियो । त्यस्तै संगठनलाई थप सक्रिय बनाउन समय समयमा तालिम, गोष्ठी, अन्तरक्रियासँगै समय सापेक्ष विभिन्न कार्यक्रम मार्फत पत्रकारहरुलाई सहजीकरण गर्ने योजना तय गरिएको छ ।

प्रेस संगठन नेपालको तर्फबाट आगामी ३ वर्षको लागि नेपाल पत्रकार महासंघको जिल्ला उपाध्यक्ष जीवनकला खत्री, सदस्यहरुमा अनिश खाती र योगेन्द्र विश्वकर्मा सर्वसम्मत चयन भएका थिए । पत्रकार महासंघको संघिय परिषद सदस्यमा कोपिला कँडेल र गण्डकी प्रदेश परिषद सदस्यमा थम्मन थापा र बेलुकाजी थापा सर्वसम्मत चयन भएका छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *