पैयुपाटाकी क्यान्सर पीडितलाई दुई लाख २५ हजार सहयोग


–आदर्श अनलाइन, बागलुङ

ब्लड क्यान्सरबाट पीडित बागलुङ नगरपालिका–१३ का गंगा देवि सुबेदी रिजाललाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

बलेवा सेवा समाज जापानले संकलन गरेको रु.२ लाख २५ हजार २५ शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था कमजोर रहेको रिजाल परिवारलाई उपचारमा सहयोग पुगोस भन्ने हेतुले सहयोग गरिएको बलेवा सेवा समाज जापानका सचिव अर्जुन लामिछानेले बताउनुभयो ।

सहयोग रकम बागलुङ नगरपालिका–१३, का वडा अध्यक्ष नारायण शर्मा पौडेल र बलेवा सेवा समाज जापानका सचिव अर्जुन लामिछानेले संयुक्तरुपमा पीडित रिजालका देवर बिनोद रिजाललाई हस्तान्तरण गर्नुभएको थियो ।

पैयुपाटा काभ्रेडाँडा निवासी २५ वर्षीया गंगा देवी सुबेदी रिजाललाई बिगत केही समय अघि देखी ब्लड क्यान्सर को समस्या भई शिक्षण अस्पताल महाराजगंज काठमाण्डौंमा उपचार गराई रहनुभएको परिवारले जनाएको छ ।

सहयोग हस्तान्तरपछि वडा अध्यक्ष शर्माले समाजले गरेको आर्थिक सहयोगले पीडितको उपचारमा महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बिदेशमा रहेर विभिन्न क्षेत्रमा सहयोग गर्दै समाज विकासमा बलेवा सेवा समाजले अमुल्य योगदान दिएको बताउनुभयो । विषम समयमा पनि समाजले सञ्चालन गरेको अभियानमा समेत सहयोग रकम जुटाएर सहयोग गरेको बलेवा सेवा समाज जापानका सचिव अर्जुन लामिछानेले बताउनुभयो ।

कार्यक्रम गणेश मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष नर प्रसाद शर्माको अध्यक्षता र लीलाधर रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *