बागलुङका दश स्थानीय तहलाई संघीय सरकारको ३ अर्ब ८७ करोड बजेट (सूचिसहित)


आदर्श अनलाइन, बागलुङ
बागलुङका दश स्थानीय तहलाई संघीय सरकारले ३ अर्ब ८७ करोड ७५ लाख बजेट बिनियोजन भएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट अनुसार बागलुङमा सामानिकरण, सशर्त, विशेष र समपुरक अनुदान अन्र्तगत उक्त बजेट बिनियोजन भएको हो । गत वर्षको तुलनामा बागलुङमा संघिय सरकारको बजेट २९ करोड ७७ लाखले बढेर आएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ ३ अर्ब ५७ करोड ९८ लाख बजेट बागलुङका दश स्थानीय तहलाई आएकोमा आर्थिक वर्ष २०७८÷०७९ मा ३ अर्ब ८७ करोड ७५ लाख बजेट आएको हो ।

जिल्लाका चार नगरपालिकाको लागि २ अर्ब ४ करोड ४७ लाख तथा ६ गाउँपालिकाको लागि १ अर्ब ८३ करोड २८ लाख बजेट विनियोजन भएको हो । जिल्लाका नगरपालिकामध्ये बागलुङ नगरपालिकाले सवैभन्दा धेरै ७४ करोड ७२ लाख र ढोरपाटन नगरपालिकाले सवैभन्दा कम ३२ करोड ७० लाख बजेट पाएका छन् ।



जसमध्ये बागलुङ नगरपालिकाले समानीकरण अनुदानतर्फ १७ करोड ३८ लाख, सशर्त अनुदानतर्फ ५३ करोड, ३० लाख र विशेष अनुदानतर्फ २ करोड ३३ लाख र समपुरक अनुदानतर्फ १ करोड ७१ लाख प्राप्त गरेको छ । ढोरपाटनले समानीकरण अनुदानतर्फ १० करोड ३२ लाख, सशर्त अनुदानतर्फ २२ करोड, ३८ लाख बजेट पाएको छ ।

यस्तै गलकोट नगरपालिकाले समानीकरण अनुदानतर्फ १२ करोड २५ लाख, सशर्त अनुदानतर्फ ३२ करोड, ७४ लाख र विशेष अनुदानतर्फ २ करोड ४९ लाख गरी कुल ४७ करोड ४८ लाख र जैमिनी नगरपालिकाले समानीकरण अनुदानतर्फ १२ करोड २ लाख, सशर्त अनुदानतर्फ ३५ करोड, ८६ लाख, विशेष अनुदानतर्फ १ करोड र समपुरक अनुदानतर्फ ६९ लाख गरी कुल ४९ करोड ५७ लाख बजेट प्राप्त गरेका छन् ।

जिल्लाका ६ वटा गाँउपालिकामध्ये बडिगाड गाँउपालिकाले सबैभन्दा बढी ४४ करोड ६ लाख र तमानखोला गाँउपालिकाले सवैभन्दा कम १७ करोड ९१ लाख बजेट पाएका छन् । जसमध्ये बडिगाडले समानीकरण अनुदानतर्फ ११ करोड ७८ लाख, सशर्त अनुदानतर्फ २९ करोड, २६ लाख, विशेष अनुदानतर्फ २ करोड ३७ लाख र समपुरक अनुदानतर्फ ६५ लाख बजेट प्राप्त गरेको छ ।

यस्तै तमानखोलाले समानीकरण अनुदानतर्फ ६ करोड ८६ लाख, सशर्त अनुदानतर्फ ११ करोड, ५ लाख बजेट प्राप्त गरेको छ । काठेखोला गाउँपालिकाले समानीकरण अनुदानतर्फ १० करोड ६० लाख, सशर्त अनुदानतर्फ २७ करोड ८३ लाख, विशेष अनुदानतर्फ १ करोड ७८ लाख र समपुरक अनुदानतर्फ १ करोड ३७ लाख गरी कुल ४१ करोड ५८ लाख बजेट प्राप्त गरेको छ ।

यस्तै ताराखोला गाँउपालिकाले समानीकरण अनुदानतर्फ ७ करोड ३८ लाख, सशर्त अनुदानतर्फ १५ करोड ६५ लाख, विशेष अनुदानतर्फ १ करोड ४ लाख र समपुरक अनुदानतर्फ ८५ लाख गरी कुल २४ करोड ९२ लाख, बजेट प्राप्त गरेको छ ।

यसैगरी निसिखोला गाँउपालिकाले समानीकरण अनुदानतर्फ ९ करोड ७६ लाख, सशर्त अनुदानतर्फ १८ करोड ८६ लाख र समपुरक अनुदानतर्फ २१ लाख गरी कुल २८ करोड ८३ लाख र बरेङ गाँउपालिकाले समानीकरण अनुदानतर्फ ७ करोड ९८ लाख, सशर्त अनुदानतर्फ १७ करोड २१ लाख, विशेष अनुदानतर्फ ४२ लाख र समपुरक अनुदानतर्फ ३७ लाख गरी कुल २५ करोड ९८ लाख रकम प्राप्त गरेको छ ।

कुन स्थानीय तहलाई कती
बागलुङ नगरपालिका ७४ करोड ७२ लाख
ढोरपाटन नगरपालिका ३२ करोड ७० लाख
गलकोट नगरपालिका ४७ करोड ४८ लाख
जैमिनी नगरपालिका ४९ करोड ५७ लाख
बडिगाड गाँउपालिका ४४ करोड ६ लाख
तमानखोला गाँउपालिका १७ करोड ९१ लाख
काठेखोला गाउँपालिका ४१ करोड ५८ लाख
ताराखोला गाँउपालिका २४ करोड ९२ लाख
निसिखोला गाँउपालिका कुल २८ करोड ८३ लाख
बरेङ गाँउपालिका २५ करोड ९८ लाख

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *