दशौै नगरसभा : बेरुजु घटाउने प्रस्ताव, दुई करोड बजेट संशोधन


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको १० औं नगरसभाबाट नगरपालिकामा देखिएको १८ करोड बेरुजु नियमित गर्ने प्रस्ताव पारित भएको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङमा नगरपालिकामा देखिएको १८ करोड ५९ लाख ७२ हजार बेरुजु नियमित गर्ने गरी लेखा समिति संयोजक कमल खड्काले प्रस्ताव गरेको प्रस्ताव ध्वनी मतले पारित गरेको हो ।

नगरसभाले न्यायिक समितिको प्रतिवेदन, लेखा समितिले प्रस्तुत गरेको वेरुजु नियमित गर्ने प्रस्ताव, अन्तरवस्तु बजेट संशोधन, नगर प्रहरी ऐन संशोधन प्रस्ताव पारित गरेको छ । अमलाचौरको ढापेखोलादेखि भैरवस्थानसम्मको मोटरबाटोको नाम खेमप्रकाश पाठकको स्मृतिमा नामाकरण गर्ने र दुई वटा सडक मापदण्ड पनि नगरसभाबाट परिवर्तन भएका छन् ।

उक्त प्रस्ताव प्रस्तुत गर्दै लेखा समिति संयोजक खड्काले गत आर्थिक वर्षमा कोभिडका कारण व्यवसायीलाई दिने भनिएको २५ प्रतिशत कर छुट दिने निर्णय कार्यान्वयनमा नगएको, नगरपालिका भित्रका सामग्री खरिद गर्दा ऐन कानुन अनुसार नभएको, समयमै ठेक्का लगाउने काम नभएको, ठेक्का लगाएका योजनाहरुमा लाहपरबाही भएको उल्लेख गरेको छन् । उनले प्राविधिक कर्मचारीलाई जिम्मेवार बनाउन माग गर्दै प्राविधिक कर्मचारीको गल्तीका कारण ठूलो रकम बेरुजु देखिएको समेत बताएका छन् ।

बेरुजुको विषयमा बागलुङ नगरप्रमुख जनकराज पौडेलले व्यक्ति संस्थाबाट असुल उपर गर्नुपर्ने रकम असुलीको प्रक्रियामा गएको भन्दै प्रक्रिया नपुगेर बेरुजु देखिएको र नगरपालिकालाई क्षति नहुने बेरुजु नियमित गर्न सभामा प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

नगर सभामा नगर उपप्रमुख सुरेन्द्र खड्काले विभिन्न शिर्षकमा रहेको बजेट रकमान्तरण गर्ने बजेट संशोधन प्रस्ताप पेश गरेका छन् । उहाँले रु. एक करोड ९८ लाखको बजेट संशोधन प्रस्तावमा कतिपय शिर्षकबाट बजेट कटाएर अर्को कार्यक्रममा थप गरिएको बताउनुभयो । विद्यालय कर्मचारीको तलब न्यूनतम १३ हजार पाँच सय पु¥याउनका लागि रु. ५४ लाख बजेट थप गरिएको छ । कोरोना कोषमा रु. ८६ लाख बजेट रहेकोमा त्यसबाट ६० लाख घटाएर २६ लाख मात्रै राखिएको छ ।

खेलकुद तथा विविध कार्यक्रका लागि पाँच लाखमा २ लाख बजेट थपी ७ लाख बजेट व्यवस्था गरिएको छ । रेडक्र सोसाईटीको सामग्री व्यवस्थापन अनुदानका लागि दुई लाख, विभीन्न पुरस्कार सम्मानका लागि पाँच लाख, वीरेन्द्र ऐश्वर्य पार्क निर्माणका लागि ४० लाख बजेट थप गरिएको छ । नगरपालिकाले सवारी साधन खरिदका लागि विनीयोजन गरेको ७० लाखमा ५८ लाख घटाएर १२ लाख मात्रै राखिएको छ ।

एकिृकृत शहरी विकास कार्यक्रमको बजेट आठ लाख रुपैयाँ घटाईएको छ । विपद व्यवस्थापन कोषमा ७४ लाख रुपैयाँ रहेकोमा ३० लाख घटाएर ४४ लाख मात्रै राखिएको छ । नगरसभामा बानपा—२ का वडा सदस्य अर्जुन घिमिरेले कोरोनाको तेस्रो लहर आउन थालेकाले कोरोना कोषको बजेट नघटाउन माग गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *