विदेशबाट फर्केर कृषि कर्ममा रमाउदै रेश जिरेदीका कार्की


साधना पन्त, पोखरा
रहर होस या बाध्यता नेपालीहरु पैसा कमाउनका लागि विदेशी भुमिमा जाने गर्दछन् । विदेशिनेहरु कतिपय रहर त कति बाध्यताले । अधिकांश नेपालीहरु विदेशी भुमिमा आफ्नो पसिना बगाइरहेका छन् । तर, पछिल्लो समय आफ्नै देशमा केही गर्नु पर्दछ भनेर स्वदेश फर्कर्नेको पनि लर्को नै छ । आफ्नो देशमै केही गर्ने र परिवारसंगै बस्ने योजनाले बागलुङको काठेखोला गाउँपालिका वडा नम्वर ७ रेश जिरेदीका ४४ वर्षीय दुर्गाबहादुर कार्की स्वदेश फर्कनु भयो । कार्की १३ वर्ष मलेसिया, सिङ्गापुर र भारतमा बसेर स्वदेश फर्कनुभएको हो ।

विदेशबाट फर्किए पछि गाउँमै रु.३ लाख लगानी गरेर कार्की नमुना कृषि फार्म संचालन गरेको कार्की बताउनुहुन्छ । “२ वर्ष हुन लाग्यो लगानी उठाएर ३ लाख आम्दानी भएको छ” कार्की भन्नुहुन्छ “आफ्नै ठाउँमा गरे के हुँदो रहेन्छ र काउली, बन्दा, आलु, टमाटर, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर गाउँमै बिक्री गरेको छु, बजारको लागि टाढा जानै पर्दैन ।” तरकारी खेती मात्र नभएर कार्कीले लोकल बाख्रा, कुखुरा र माछा पालन पनि गर्नुभएको छ । १० रोपनी जग्गामा श्रीमती सिता कार्कीको सहयोगमा सवै काम गर्न सफल भएको कार्की बताउनुहुन्छ । गाउँमा कृषि गरेकाले धान, गहुँ, मकै, कोदो आदि पनि गरेको कार्कीले बताउनुभयो । २ छोरा, बुबा र भाइ बुहारी पनि हुनुहुन्छ । तर उहाँहरुलाई भने केही गर्न नलगाएको कार्कीको भनाई छ । कार्की भन्नुहन्छ “८० वटा बोट सुन्तालाका छन्, यो वर्ष खासै राम्रो सुन्तला नभएका कारणले जम्मा ९० लाखको सुन्तला बिक्री गरेको हु, नत्र अघिल्लो अघिल्लो वर्ष १ लाख भन्दा बढीको सुन्तला बिक्री गरेको छु” उहाँले भन्नुभयो ।

अहिले मानिसहरुले धेरै दुख गर्न छाडेका कारणले गाउँमै आफुले उत्पादन गरेको तरकारी बिक्री हुने गरेको कार्की बताउनुहुन्छ । काठेखोलाकै बिहुँ, रेश नुन्थला, लेखानी, अछेते बजारमा आफुले उत्पादन गरेको तरकारी बोका, कुखुरा, माछा बिक्री गरेको कार्कीले बताउनुभयो । अहिले माछा पु¥याउनै सकस भएको उहाँको भनाई छ । “हाम्रो ठाउँमा अरु माछा नहुने भएकाले माङ्गुरे माछा पालन गरेको छु ।” कार्कीले भन्नुभयो । गाउँका मानिसहरुलाई माछा पु¥याउन नसकेर घरमा एक छाक चाख्न पनि पाहिएन । अब फेरी पोखरा गएर माछा लिएर पाल्ने तयारीमा छु अहिले भने माछा सकिएका छन् ।

आफ्नो गाउँ ठाउँमा कृषि गर्नका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने कार्की बताउनुहुन्छ । गत साल हाइटेक टनेलको लागि पालिकाबाट आधा पैसा तिरेर टनेल ल्याएको हो त्यस बाहेक अन्य सहयोग स्थानीय सरकारले नगरेको कार्कीको गुनासो छ । स्वदेशमै केही गर्न चाहने मानिसहरुका लागि स्थानीय सरकारले प्राथमिकतामा राखेर सहयोग र तालिमको व्यवस्था गर्नुपर्ने कार्कीको भनाइ छ । कार्की भन्नुहुन्छ “आगामी दिनमा थप व्यवस्थापनका साथ तरकारी खेतीलाई बढाउने र बाख्रा, कुखुरा, माछापालनलाई पनि व्यवस्थित तरिकाले सञ्चालन गर्ने योजना रहेको छ ।” आफुले मात्र नभएर केही युवालाई रोजगार उपलब्ध गराउने योजना भएकाले आगामी दिनमा केही फरक तरिकाले कृषि गर्ने सोच रहेको कार्कीले भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *