जैमिनीको उपमेयरमा जनमोर्चा नेतृ क्षेत्रीको उम्मेदवारी


आदर्श अनलाइन, बागलुङ
बागलुङको जैमिनी नगरपालिकाको उपप्रमुखमा राष्ट्रिय जनमोर्चाकी नेतृ रुद्राकुमारी रोका क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

क्षेत्रीले आइतबार दिउँसो स्वतन्त्र उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले बताउनुभयो । राष्ट्रय जनमोर्चाको तर्फबाट जैमिनी नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेकी जैमिनी नगरपालिका–५ बिनामारे निवासी क्षेत्रीले शुक्रबार पदबाट राजिनामा दिनुभएको थियो । सत्तागठबन्धनको भागवण्डा नमिलेको सन्र्दभमा क्षेत्रीले उपमेयरमा उम्मेदवारी दिनुभएको छ । गठबन्धनमा जैमिनी नगरपालिको प्रमुख राजमो र उपप्रमुखका कांग्रेसले पाउने चर्चा चलिरहेको छ ।

निर्वाचन अधिकृत भण्डारीका अनुसार आईतबार जैमिनी नगरपालिकामा चार जना वडाअध्यक्षहरुले उम्मेदवारी दर्ता गरेका छन् । वडा नम्बर २ मा राप्रपाबाट यज्ञ प्रसाद सापकोटा, वडा नम्बर ६ मा राप्रपाकै याम बहादुर क्षेत्री, वडा नम्बर ९ मा मंगोलियन नेशनल अर्गनाईजेसनका सहबिर थापा र वडा नम्बर ३ मा कृष्ण बहादुर पाण्डेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *