शुद्ध खानेपानीको समस्या : अदालतको अवहेलनामा मुद्दा दर्ता

तस्विर : प्रकास जिसीको वालबाट

आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारमा वितरण भइरहेको खानेपानी धमिलो आएको र शुद्ध खानेपानीको माग गर्दै उच्च अदालत पोखरा बागलुङ इजलाशमा परेको मुद्दाको फैसला कार्यान्वयन नभएपनि पुनः अवहेलना मुद्दा दर्ता भएको छ ।

उच्च अदालत पोखरा बागलुङ इजलाशले २०७८ मंसिर २२ गते ५ बुँदे परमादेश जारी गरेको थियो । मुद्दाका प्रतिवादी बागलुङ नगरखानेपानी, जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाले फैसलाको कार्यान्वयन नगरेको र अवेज्ञा गरेको भन्दै सोमबार उच्च अदालत पोखरा बागलुङ इजलाशमा अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ ।

अदालतले गरेको आदेशलाई सरोकरावाला निकायहरुले बेवास्ता गर्दै बागलुङ बजार बासीलाई धमिलो र फाहोर पानी वितरण गरिरहेको भन्दै अधिवक्ता रमेश बहादुर खड्काले अदालतको अवहेलनामा मुद्दा दर्ता गरेको बताउनुभयो ।

खड्काले अदालतको परमादेश पालना नगर्ने बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता समिति, समितिका अध्यक्ष हरी प्रसाद श्रेष्ठ, बागलुङ नगरपालिका, बागलुङ नगरपालिका प्रमुख र जिल्ला जलस्रोत समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बिरुद्धअदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ ।

आन्तरिम आदेश र फैसला कार्यन्वयनमा नआएको भन्दैै त्यस उपरका सरोकारवाला निकायलाई अवहेलनामा मुद्दा दर्ता गरिएको हो । बागलुङ बजारमा लामो समयदेखि वर्खाको समयमा धमिलोपानी वितरण हुँदै आएको छ । खानेपानी शुद्धिकरणको समय नगरखानेपानी संग कुनै संयन्त्र छैन । खानेपानीको परिक्षणका क्रममा पानीमा दिसामा पाइने ‘कोलिफर्म’ नामक जीवाणु भेटिदै आएको छ ।

खानेपानी शुद्धिकरण गरेर वितरण नहुँदा विभिन्न झाडापखला र छालासम्बन्धी रोग समेत लाग्दै आएको भन्दै उपभोक्ताहरुले यस अघि जिल्ला प्रशासन कार्यालय बागलुङ, बागलुङ नगरपालिका र नगर खानेपानीलाई ज्ञापन पत्र बुझाएका थिए ।

उपभोक्ताहरुले वर्खाको समयमा धमिलो पानी वितरण गरेर उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गरिएको भन्दै आलोचना गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *