घर जलेर नष्ट : २५ लाखको क्षति

आदर्श अनलाइन, बागलुङ

बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलस्थित किकल्टामा आगलागी हुँदा एक घरमा पूर्ण क्षती पुगेको छ । गएराती ११ बजेको समयमा लागेको आगो आज बिहानैसम्म नियन्त्रणमा आउन नसक्दा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

स्थानीय बिरबहादर घर्तीको घर जलेर नष्ट हुँदा रु. २५ लाख बराबरको क्षति पुगेको ताराखोला गाउँपालिका २ का वडाध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिनुभयो ।

आगलागी हुँदा दुईतलाको घर पुर्ण रुपमा क्षति भएको छ भने ४५ हजार नगद, २ तोला सुन, १६ मुरी मकै, टेलिभिजन, १ वटा भैसी र घरमा रहेका खाद्यान्न र लत्ताकपडासहित भाडाकुडामा क्षति भएको छ । अहिले दाजुभाईको घरमा ५ जनाको भर्ती परिवार आश्रय लिएका लिएर बसेका छन् । आगलागी हुँदा आगलागीबाट करिव २५ लाखको क्षति भए पनि आगलागीबाट मानवीय क्षति भएको छैन् । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *