काँग्रेस बागलुङको अभियान जनप्रतिनिधिसँग अन्तरसंवाद र कार्यकर्तालाई प्रशिक्षण

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेस बागलुङले अघिल्ला दुई चरणको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिसँग अन्तरसंवाद गर्ने भएको छ । गत स्थानिय तहको निर्वाचन र प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिसँग राजनीतिक विषयवस्तु र पार्टीको भावि रणनीतिको बारेमा अन्तर संवाद गर्ने निर्णय गरेको हो ।

शुक्रबार काँग्रेस बागलुङको जिल्ला कार्यसमिति र विभिन्न भातृ एवं सुवेक्षुक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकले पार्टी र जनप्रतिनिधिहरुसँग अन्तर संवाद गरी पार्टीको भावि रणनिति तय गर्ने निर्णय गरेको हो ।

जनप्रतिनिधि सँग संवाद सँगै पार्टीले जिल्लाका १० वटै स्थानीय तहमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको काँग्रेस बागलुङ सचिव हरिहर शर्माले जानकारी दिनुभयो । निर्वाचन सम्पन्न पश्चात जनप्रतिनिधिसँगै स्थानीय कार्यकर्तालाई पार्टीको पछिल्लो अवस्था र भावि रणनीतिका बारेमा प्रशिक्षित गर्ने योजना सहित जिल्ला कार्यसमितिले सो निर्णय गरेको उहाँले बताउनुभयो ।

जिल्ला कार्यसमितिको बैठकमा अघिल्ला निर्वाचनका गतिविधिको बारेमा र जिल्लामा पार्टी संगठनको पछिल्लो अवस्थाको बारेमा सक्षिप्त समिक्षा गरिएको थियो । समिक्षा सँगै तत्लो तहबाट प्राप्त प्रतिवेदनका आधारमा भावि रणनिति तय गर्ने निर्णय गरिएको काँग्रेस बागलुङ सभापति जित शेरचनले जानकारी दिनुभयो ।

बैठकले विपी स्मृति भवन निर्माण कार्यलाई थप गतिशिल बनाउनका निम्ति आर्थिक संकलन अभियानलाई थप प्रभावकारी ढंगले अगाडी बढाउने निर्णय गरेको छ । भवन निर्माणका निम्ति जनप्रतिनिधि र विभिन्न पेशामा आवद्ध पेशागत संघसंस्था र शुभचिन्तकलाई अभियानमा जोडिनका निम्ती अपिल समेत गरेको सभापति शेरचनले बताउनुभयो ।

‘काँग्रेसको आफ्नै घर बनाउने अभियानमा साथ दिन देश तथा विदेशमा रहेका सबै शुभचिन्तकहरुमा हामी हार्दिक आग्रह गर्दछौं,’ सभापति शेरचनले भन्नुभयो–‘हाम्रो कर्तव्य संगठन र घर दुवै बलियो बनाउने हो, यसमा सवैको साथ र सहयोग आवश्यक पर्दछ, भवन निर्माणका निम्ती सहयोग गर्ने सवै शुभचिन्तकलाई हामी मुल समितिको सदस्यको रुपमा सम्मान गर्दछौं ।’

उहाँले भवन निर्माणका निम्ती जग्गा खरिद प्रक्रियाको काम सम्पन्न भएको र केही दिनमा नै शिलन्यास गरी अगाडी बढाईने बताउनुभयो । काँग्रेस बागलुङले आफ्नै भवन निर्माणका निम्ति बागलुङ बजारमा करिब १४ आना जग्गा व्यवस्थापन गरिसकेको छ । जग्गा व्यवस्थापनका निम्ती हालसम्म झण्डै ७० लाख रुपैयाँ संकलन भएको जनाईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *