अध्ययनमै सिमित उत्तरगंगा जलाशययुक्त आयोजना


आदर्श अनलाइन, बागलुङ

नेपालकै सस्तो र नमूना जलविद्युत आयोजनाको रुपमा चर्चा कमाएको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मै अल्झिएको छ ।

उत्तरगंगा जलशययुक्त जलविद्युत आयोजना नेपालमा निकै चर्चा पाएको आयोजना भएपनि अध्ययनमै सिमित भएको छ । आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि भएपनि बल्ल आएर डिपिआर थालिएको थियो । डिपिआर बनाउने विदेशी कम्पनीले काम नगरेपछि अहिले ठेक्का सम्झौता तोडिदा आयोजना निर्माणमा थप अन्योल भएको हो ।

संभाव्यता अध्ययन सम्पन्न पश्चात डिपिआरको काममा उत्तरगंगा पावर कम्पनीले इरानी कन्सल्टेन्सी शहिद, वहिद डास्ग्रेडि तेहरानलाई सम्झौता गरेर पनि उक्त कम्पनी फिल्ड नआएका कारण ठेक्का सम्झौता तोडिएको उत्तरगंगा जलविद्युत आयोजनाका प्रमुख अम्बिकेश झाले जानकारी दिनुभयो ।

“गत असोजबाट डिपिआरको काम थालेको कन्सल्टेन्सीले स्थलगत रुपमा काम खटिन रुस र युक्रेन युद्धका काराण असर्मथ जनाएका कारण ठेक्का सम्झौता तोडिएको हो, अब नयाँ ठेक्का लगाउने विषयमा उर्जा मन्त्रालयसंग छलफल भइरहेको छ” झाले भन्नुभयो “आयोजना निकै ठूलो र नमूना भएका कारण निर्माणमा ढिलाईभएपनि उत्तरगंगा जस्तो आयोजना निर्माण नगरेर सरकारकारलाई सुखै हुँदैन, हाम्रो जस्तो देशमा यस्ता बहआयामीक आयोजना कम मात्रै छन्, ढिलो होला तर अवश्यक आयोजना बन्नेछ ।”

आयोजनाको वातवराण्ीय प्रभाव मुल्याङ्कन समेत एक वर्ष देखि वन मन्त्रालयमा थन्किएको छ भने डिपिआरका लागि सम्झौता गरेको विदेशी कम्पनीले काम नगर्दा ठेक्का सम्झौता भंग गरिएको झाले जानकारी दिनुभयो ।

“डिपिआरका लागि परामर्शदाता छनौट गरेर काममा खटाएका थियौ, रुस र युक्रेनको युद्धका कारण विदेशीकम्पनी आएन, एक वर्षदेखि काम नभएपछि ठेक्का रद्द गरेका छौं,” आयोजना प्रमुख झाले भन्नुभयो “अब नयाँ परामर्शदाताका लागि ठेक्का खुलाउने विषयमा निर्णय हुन बाँकी छ, नेपालकै नयाँ र नमूना आयोजनामा ढिलाई भएको स्विकार गर्छु, राजनैतिक रुपमा यो आयोजना सफल पार्न दवाव हुनुपर्दछ ।”

ढोरपाटन उपत्यकामा जम्मा गरेको पानी निसीखोलामा खसाल्ने या रुकुम पश्चिमममा खसाल्ने राजनीतिक विवादका कारण आयोजना अध्ययनमै सीमित भइरहेको छ । तर, आयोजनाका प्राविधिकहरुले निसीखोलामै पानी खसाल्दा मात्रै आयोजना सम्पन्न हुने बताउदै आएका छन् ।

झाका अनुसार आयोजनाले उत्तरगंगा पावर कम्पनी मार्फत निरन्तर रुपमा आयोजनाको काम गरिरहेको र ठूलो आयोजना भएकाले समय बढी खर्च भइरहेको बताउनुभयो । उहाँले बाहिर आयोजना निर्माणमा भएको ढिलाई नभएर निरन्तर रुपमा आयोजनाको प्रकृयागत काम भने भइरहेको छ ।

बागलुङको ढोरपाटनबाट बग्ने उत्तरगंगा नदी उपत्यकामा बाँध बानेर हिउँद बर्खामा समान विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । हिउँद र बर्खामा समेत ८ सय २८ मेगावाट क्षमताको विद्युत उत्पादन हुने प्रारम्भिक सर्वेक्षण रिपोर्टले बताएको छ । बागलुङमा बगिरहेको उत्तरगंगा नदी रुकुमको सानीभेरीमा मिसिदै आएको छ । तर विद्युत उत्पादन गर्न उक्त नदीको पानीलाई निसीखोलामा झार्ने आयोजनाको लक्ष्य रहेको छ ।

आयोजनाको पानी रुकम र बागलुङको निसीखोला कता खसाल्ने भन्नेमा नेताहरुको दुबिदाका कारण आयोजनाले गति नलिएको स्थानीय राम बहादुर घर्ती मगरको भनाई रहेको छ ।

नेपालकै महत्वपूर्ण आयोजनाको रुपमा सरकारले लिदै आएको उत्तरगंगा प्रति जनताको धारणा दुई थरी रहेको छ । बाँध बान्दा ढोरपाटन उपत्यका पुरिने भन्दै आयोजना बनाउन समस्या हुने केही स्थानीयको भनाई छ भने केहीले हाम्रो व्यवस्थापन भएमा आयोजनाले यहाँको आर्थिक विकासमा सहयोग पु¥याउनेभन्दै सकरात्मक धारणा राख्दै आएको घर्ती मगरको भनाई छ ।

विसं २०६१ सालदेखि आयोजनाको प्रारम्भिक सर्वेक्षण शुरु गरेपनि वातवरणीय प्रभाव मुल्याङ्कनको काम भने तीर्न वर्ष अघि मात्रै सम्पन्न भएको थियो । ढोरपाटनको उत्तरगंगा नदीमा २ सय मिटर अग्लो बाँध बाधेर जम्मा गरेको पानीलाई ढोरपाटनको नवीदेखि सुरुङ माग हुँदै १ हजार ६ सय ३४ मिटर तल खसालेर निसीखोलामा झार्ने संभाव्यता अध्ययनमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *