खानेपानीका प्रबन्धक शर्मालाई बर्खास्त, कानुन सम्मत छैन शर्मा

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रबन्धक हिमाल शर्मालाई बर्खास्त गरेको छ । संस्थाको कार्यसमितिले पटक–पटक शर्मालाई सोधेको स्पष्टीकरणको चित्त नबुझेको भन्दै बर्खास्त गरेको जनाइएको छ ।

स्पष्टीकरण सोधेका बेला जवाफ नदिएको, उपभोक्ताको हितमा काम नगरेको, सवारी साधनको दुरुपयोग गरेको लगायतका कारण देखाउँदै शर्मालाई बर्खास्त उपाध्यक्ष हरी बहादुर जिसी सन्तोषले बताउनुभयो ।

संस्थाको साउन ३२ गते बसेको बैठकले संस्थाको कर्मचारी सेवा सर्त विनियमावली २०६४ मा भएको व्यवस्था बमोजिम शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो । अध्यक्ष केबी राना मगरले राजीनामा दिएपछि बिबादमा रहेको संस्थाका उपाध्यक्ष हरिबहादुर जिसी सन्तोषको अध्यक्षतामा बसेको बैठकले बर्खास्तीको निर्णय गरेको जनाएको छ । कार्यसमितिको बहुमतको निर्णय तथा नगर क्षेत्रका चार वडा अध्यक्षको रोहबरमा निर्णय गरिएको उपाध्यक्ष जिसीले जानकारी दिनुभयो ।

शुक्रबारनै शर्मालाई पत्राचार गरिएको छ । विभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व गर्दै निर्वाचित भएका पदाधिकारीमध्ये शुक्रबारको बैठकमा एमाले निकट सदस्यहरु उपस्थित थिएनन् ।
बहुमतको आधारमा निर्णय गरिएको जिसीको भनाई छ ।

यस विषयमा प्रबन्धक शर्मालाई सम्पर्क गर्दा पदाधिकारीको निर्णय गैर कानुनी रहेको बताएका छन् । उहाँले पदाधिकारी मनलाग्दी ढंगले चल्नका लागि आफूलाई बर्खास्त गरेको जानकारी दिनुभयो ।
‘बैठक कहाँ बसेको हो, सबै पदाधीकारीलाई खबर छैन, लगेको पेश्की रकम फछ्यौट भएको छैन, यो प्रपोकाण्ड हो, म न्यायका लागि जान्छु’ शर्माले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *