२७ वर्षपछि प्राविधिकको सरुवा


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकामा कार्यरत दुई प्राविधिकको २७ वर्षपछि सरुवा भएको छ ।
उहाँहरु पहालै प्राविधि सातौं तहमा बढुवाभएपछि सरुवा हुनुभएको हो ।

कर्मचारीमा सरुवा र वढुवा नियमित प्रकृया भएपनि २७ वर्षमा कर्मचारीको सरुवा हुनुलाई आश्चर्य मानिएको छ । बागलुङ नगरपालिकामा स्थापनाकालदेखि प्राविधिक पदमा कार्यरत त्रिलोचन गिरी र दिपेन्द्र भण्डारी बढुवाभएर सरुवा हुनुभएको छ । उहाँहरु २०५४ सालदेखि स्थानीय तहका कर्मचारीको प्राविधिक रुपमा बागलुङ नगरपालिकामा कार्यरत हुनुहन्थ्यो ।
२०५३ साल माघ १८ गते स्थापना भएको बागलुङ नगरपालिकामा २०५४ सालदेखि प्राविधिक पदमा कार्यरत हुनुहुन्थ्यो ।

बागलुङ नगरपालिका स्थापना कालदेखि कार्यरत प्राविधिक त्रिलोचन गिरी २७ वर्षपछि मुस्ताङको थासाङ गाउँपालिका र दिपेन्द्र बहादुर भण्डारी २७ वर्षपछि बागलुङकै निसीखोलामा सरुवा हुनुभएको हो । उहाँहरु सरुवा भएर कामकाज समेत समालीसक्नुभएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिनुभयो । प्राविधिक सातौ तहको दरबन्दी यहाँ नभएकाले सरुवा हुनुभएको कँडेलको भनाई छ । कर्मचारीको सरुवा नियमित प्रकृया भएको उहाँको भनाई छ ।

बागलुङ नगरपालिकामा जरो गाडेर बसेका प्राविधिकहरुको सरुवा भएपछि कर्मचारी बीचको गुट भत्केको छ । प्राविधिद्वयले नगरप्रमुख जनकराज पौडेलको पालामा कार्यालयका अलवा आफ्नै फर्म समेत चलाउदै आएका थिए ।

बागलुङ नगरपालिकालाई लामो समयदेखि जरो गाडेर बसेका कर्मचारीले कर्मचारीमा गुट सृजना गरेको आरोप लाग्दै आएको छ । लामो समयदेखि नगरपालिकामा कार्यरत कर्मचारी केही अवकासमा जानु र केही सरुवा भएर जानुले कर्मचारीतन्त्रको गुट फुटेको र अहिलेको जनप्रतिनिधिलाई सरल तरिकाले काम गर्ने बाटो खुलेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *