आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले ताराखोला गाउँपालिका–१ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट टेक बहादुर श्रीसको अध्यक्षतामा १३ सदस्य वडा कमिटि गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा दुर्गालाल बिक, सचिवमा दिपक श्रीस, उप–सचिवमा रुद्रा नेपाली, मन बहादुर रोका चयन हुनुभएको छ । सदस्यहरुमा गोविन्द नेपाली, उत्तम गुरुङ, भद्र बहादुर पुन, बल बहादुर नेपाली, इन्द्र कुमारी घर्ती, लालमाया छन्त्याल, नारायण विक र सम्मर बहादुर बिक रहनुभएको छ ।
वडा अधिवेशनमा बोल्दै प्रमुख अतिथि नेकपा एमाले जिल्ला इन्चार्ज मन कुमारी केसीले नेकपा एमालेले गाउँ–गाउँमा पार्टी संगठन सुदृढिकरण अभियान चलाएको बताउदै एमालेप्रति जनतामा आकर्षण बढेको बताउनुभयो । उहाँले एमालेका पालामा भएको नीति र विकासको प्रसार गर्न सदस्यहरु लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सदस्य सन्जय श्रेष्ठ, जिल्ला सदस्य लालमणी श्रीस, एमाले ताराखोला गाउँपालिका अध्यक्ष ऋषिराम रोका, युवासंघ केन्द्रिय सदस्य ताराखोला गाउ कमिटी उपसचिब याम बहादुर रोका लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम टेक बहादुर श्रीसको अध्यक्षता, खरीमाया बिकको स्वागत तथा यम बहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।