आदर्श अनलाइन, पोखरा
पोखरामा शुक्रबार बिहान थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीको पोखरा महानगरका १० जना तथा माछापुच्छ्रे गाउँपालिकाका १ जना सहित गण्डकी प्रदेशमा ३३ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखराको भाटभटेनीमा कार्यरत पोखरा १७ का २४ वर्षीय पुरुष, पोखरा २७ का ५९ र ६० वर्षीय पुरुष तथा ३० वर्षीया महिला, भारतबाट आएर क्वारेन्टिनमा बसेका पोखरा २९ र ३० का ४९ र २१ वर्षीय पुरुष, पोखरा ३१ का १६ वर्षीय बालक, ४० वर्षीय पुरुष , १३ वर्षीया बालिका , २० वर्षीया महिला र माछापुच्छ्रे गाउँपालिका ६ की २६ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी गोरखा ४ पालिकाका ७ महिला तथा ५ पुरुष, लमजुङ राईनाशका भारतबाट आएर क्वारेन्टिनमा बसेका २१ बर्षीय पुरुष र नवलपुर गैँडाकोटका ७ वटा वडाका ९ जना पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ४५ पुगेको छ ।