मणिपालका १ जनासहित लमजुङका ८ प्रहरी काेराेना संक्रमण

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

ती मध्ये ८ जना लमजुङ जिल्लामा कार्यरत नेपाल प्रहरी हुन् । शुक्रबार मात्रै लमजुङ बेसीशहरमा कार्यरत १२ जना प्रहरीमा काेराेना संक्रमणकाे पुष्टि भएकाे थियाे । त्यही कार्यरत थप ८ प्रहरीकाे रिपाेर्ट पाेजिटिभ आएकाे गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

त्यस्तै पाेखराकाे मणिपाल शिक्षण अस्पतालका १ जना पुरुषमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । २६ वर्षीय पुरुष ती संक्रमितकाे बारेमा अन्य बिवरण भने खुलाइएकाे छैन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *