कोरला नाकामा मनाइयो नेपाल-चीन सम्बन्ध स्थापना दिवस

आदर्श अनलाइन, बागलुङ

नेपाल—चीन कुटनीतिक मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ६५ औं वर्षगाठको उपलक्ष्यमा चीनले नेपाल पक्षलाई आवश्यक स्वास्थ्य तथा सुरक्षा सामग्री उपलब्ध गराएको छ ।

शनिबार मुस्ताङको उत्तरी कोरला नाकामा द्विपक्षीय सुरक्षा अधिकारी सहभागी भएर दिवस मनाएका छन् ।

चीनपक्षबाट कोरलानाकामा खटिएका चिनिया सुरक्षा अघिकारी सशस्त्रका डिएसपी निमा र जनपथका दोर्जे तेन्जिङ उपस्थित थिए ।

नेपाल पक्षबाट मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्याल, लोमान्थाङ गाउपालिकाका अध्यक्ष सुवर्णकुमार बिष्ट र वडाध्यक्ष नवाङकुङ्गा लामा, लोघेकर दामोदरकुण्ड गाउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट, सशस्त्र प्रहरी बलका प्रहरी डिएसपी आनन्द थापा, नेपाल प्रहरीका डिएसपी नविनकृष्ण भण्डारी, राष्ट्रिय अनुसन्धानका प्रमुख विक्रम घले र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट छोसेरका कमान्डर डम्बरबहादुर श्रेष्ठ लगायत सहभागी थिए ।

नेपाल—चीन सम्बन्ध स्थापना ६५ औं वर्षगाठको उपलक्ष्यमा नेपालपक्षले चीन पक्षका सुरक्षा अधिकारीलाई विगतदेखि पछिल्लो सयमसम्म चीन सरकारले पु¥याएको साथ, सहयोग र सद्भावको उच्च मूल्यांन गर्दै प्रंशसापत्र हस्तान्तर गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार नेपाल पक्षले चिनिया पक्षलाई प्रंशसापत्रसहित नेपाली ढाका टोपी र खुकुरी उपहार दिएको छ ।

यस्तै, दिवसकै अवसरमा चीनपक्षले पनि नेपाल पक्षलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीन पक्षले सीमा नाकामा खटिने नेपाल पक्षको बिओपी प्रहरीलाई दंगा नियन्त्रण तथा व्यवस्थापन गर्ने राइट कन्ट्रोलका सामग्री उपलब्ध गराएको बिओपीका कमान्डर सशस्त्र प्रहरी निरीक्षक डम्बरबहादुर श्रेष्ठले जानकारी दिए ।

उत्तरी कोरलानाकामा भएको कार्यक्रममा नेपाल—चीन पक्षका सुरक्षा अधिकारीले करिब २ घण्टा छलफल र वार्ता गरेका थिए । छलफलमा दुबै देशको कुटनीतिक संम्वन्धलाई प्रगाढ तुल्याउन आगामी दिनमा मिलेर सहकार्य गर्ने प्रतिवद्धता समेत जनाएका छन् । छलफलमा सीमानाकालाई चुस्त राख्न बेलाबेला बैठक गर्ने, सीमानाकामा हुनसक्ने अवैध क्रियाकलापको कडा निगरानी बढाउने र सीमा पिल्लर अनुगमनकार्यलाई आपसी समन्वयमा निरन्तरता दिइने जनाइएको छ ।

चीनले मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका जनतालाई आवश्यक सहयोग गर्दे आइरहेको छ । यसअघि चीनले नेपालपक्षलाई भारी मात्रामा खाद्यान्न, स्वास्थ्य सामग्री र सुरक्षा सामग्री उपलब्ध गराएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *