अवैध बन्दुक २६ वर्षीया युवा थुनामा

आदर्श अनलाइन, मुस्ताङ
हातहतियार तथा खरखजाना कसुरको आरोपमा साउन १८ गते पक्राउ परेका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ७ का २६ वर्षीय सुरेश लामालाई जिल्ला अदालत मुस्ताङले पूर्पक्षका लागि जिल्ला कारागार चलानको आदेश गरेको छ ।

पक्राउ परेका लामामाथि प्रहरी अनुसन्धान पूरा गरी भदौ ९ गते जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत मुस्ताङमा मुद्दा भएको हो । जिल्ला अदालत मुस्ताङले भदौ ११ गते लामाको हातहतियार तथा खरखजना सम्वन्धी मुद्दामा थुनछेक बहसपछि थुनामा पठाउने आदेश गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको जानकारी अनुसार पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका निज लामाले घरपझोङ—३ जोमसोममा होटल व्यवासाय गरेका थिए । निजको होटलमा आफू सुत्ने कोठामा काठको दराजमाथि प्लाष्टिकले बेरी राखेको अवस्थामा हतियारसहित उनी पक्राउ परेको प्रहरी प्रवक्ता आशिष अधिकारीले जानकारी दिए । लामाको कोठाबाट १२ बोरको एकनाले बन्दुक भेटिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *