मुस्ताङमा ग्लोबल आइएमई बैंकको शाखा विस्तार

आदर्श अनलाइन, बागलुङ
ग्लोबल आइएमई बैंकले हिमालपारीको जिल्ला मुस्ताङ्गमा शाखा विस्तार गरेको छ ।

बैंकको २६४औ शाखाको रुपमा आतबारदेखि मुस्ताङको जोमसोममा कारोबार सुरु गरेको हो । योसँगै बैंकले ७३ जिल्लामा संजाल विस्तार गरेको छ ।

बैंकमा कार्यरत कर्मचारीले सुरक्षा सतर्कताका साथ सामान्य पाठपुजा गरी सेवाको सुभारम्भ गरेको शाखा प्रबन्धक भोला पौडेलले जानकारी दिनुभयो ।

हरेक क्षेत्र, वर्ग, समुदायमा बैंकिङ्ग पहुँच पु¥याउने उद्देश्यले शाखा विस्तार गरेको उहाँले बताउनुभयो । पर्यटकीय क्षेत्र मुस्ताङको आर्थिक विकासका गतिविधिलाई व्यवस्थित गर्न बैंक सहयोगी बन्नेछ ।

बैकले हालसम्म ४७ वटा राजश्व काउन्टर, २३८ एटिएम र २३१ वटा शाखा रहि बंैकिङ्ग सेवा प्रदान गरेको अपरेशनल इन्चार्ज जीवन शर्माले बताउनुभयो । नेपाल बाहिर बेलायत, अस्टे«लिया र भारत गरी ३ देशमा सम्पर्क कार्यालयमार्फत सेवा दिँदैको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *