माइनस डिग्री तापक्रममा पत्रकार महाससंघ मुस्ताङको नवौ साधारण सभा सम्पन्न

आदर्श अनलाइन, मुस्ताङ
नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको नवाै साधारणसभा शनिबार सम्पन्न भएकाे छ ।

साधारणसभाकाे उद्घाटन गर्दै घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले जिल्लाको समग्र विकास सुशासन र समृद्धिका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण हुने बताए ।

उनले पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गर्न आफुहरु तयार रहेको जनाए । अध्यक्ष थकालीले मुस्ताङ जिल्लाको पत्रकारीता आफैैमा चुनौतिपूर्ण भएको र यहाको पत्रकारीतालाई थप उचाईमा पू¥याउन पत्रकारको संख्या वृद्धि गर्ने तर्फ शाखाले भुमिका खेल्नुपर्ने बताए ।

पत्रकारले गरेको प्रत्येक सूचना संम्प्रेषणले कार्यान्वयन गर्ने निकाय थप जिम्मेवार हुने भएकाले समाजका वेथिती,विकृति,विसङ्गती र विकास निमार्णमा भएका राम्रा र नराम्रा पक्षको उजागर गरी समृद्ध नेपाल ,सुखी नेपालीको दिशातर्फ उन्मुख हुनपर्ने अध्यक्ष थकालीको भनाई छ ।

पत्रकारहरुको छातासंस्था पत्रकार महासंघ मुस्ताङ शाखालाई आगामी दिनमा आवश्यक परेको अवस्थामा आर्थिक , भौतिक र रचनात्मक सहयोग गर्ने अध्यक्ष थकालीले सो अवसरमा प्रतिबद्धता व्यक्त गरे। नवौ वार्षिक साधारणसभाको अध्यक्षता गर्दै शाखाको अध्यक्ष सुन्दरकुमार थकाली शाखाको सांगठनिक तथा चालु कार्यकालको विस्तृत प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरे ।

प्रतिबेदनमा शाखाले मुस्ताङंको समग्र विकास र सुशासन कायम गर्ने तथा जिल्लाका पत्रकारलाई परेको समस्यामा शाखाले सहकार्य गर्दैआईरहेको बताए । अध्यक्ष थकालीले सुगमको जस्तो पत्रकारिता हिमाली जिल्लामा सहज नभएको उल्लेख गर्दै यसैका कारण क्षेत्रमा आउने नया पिढीको रुचि कम पाएको जनाए ।पत्रकार महासंघको बार्षिक सदस्यता शुल्क हिमाली जिल्लाका लागि चर्को भएकाले हिमाली जिल्लालाई ५० प्रतिशत महासंघले सहुलियत दिनुपर्ने सुझाए ।

कार्यक्रम शाखाका सदस्य राजु सेन्चुरीले स्वागत मन्तब्य ब्यत्त गरे । उनले चालु कार्यकालमा पत्रकार महासंघले पत्रकार हकहित ,सहयोग र विभिन्न कार्यक्रम आयोजना गरी शाखाको कार्यसम्पादनलाई दर्भिलो बनाएको उल्लेख गरे ।साधारण सभाको औपचापरिक कार्यक्रमको न्युज ट्वान्टी फोका पत्रकार शुशिलबाबु थकालीले संञ्चालन गरेका थिए ।

यस्तै,नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको शनिबार संम्पन्न नवौ बार्षिक साधारण सभाले प्रस्तुत गरेको ४ बुदे प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेको र उक्त प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।

साधारण सभामा पत्रकार महासंघका अध्यक्ष सुन्दरकुमार थकालीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र शाखाका कोषाध्यक्ष निरज थकालीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन अनुमोदन गरेको छ ।

साधारण सभाले कोभिड—१९ को जोखिमको बेला पत्रकारले स्वास्थ्य सामाग्री उपलब्ध गराउन महासंघले ध्यान नदिएको र कोभिड—१९ संक्रमणकालमा मिडिया हाउसबाट पत्रकारको पेशा धराप परेको र कतिपयले पारिश्रमिक नपाएको अवस्थामा महासंघले उपयुक्त भुमिका खेल्न नसकेको ठहर गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *