बेसी मुस्ताङमा परेन हिउँ, किसान निराश

सुन्दरकुमार थकाली, जोमसोम
करिब ५ वर्ष अगाडीसम्म उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका विभिन्न भागमा बाँक्लो हिमपात पर्ने गथ्र्यो । हिउँ सबै तिर सेताम्य हुन्थ्यो । तर, केही वर्षयता त्यस्तो खाले हिउँ विरल्लै देख्न पाइन्छ । जलवायु परिवर्तनको प्रभावले पछिल्लो समय मुस्ताङमा असमान प्रकारको हिमपात हुने गरेको छ ।
शुक्रबार र शनिबार मुस्ताङको उच्च क्षेत्रमा सामान्य हिमपात भयो । तर, त्यो हिमपातले मुस्ताङको तल्लो क्षेत्रका किसानलाई कुनै उत्साह भर्न सकेन ।

बल्लबल्ल परेको हिउ पनि तल्लो मुस्ताङको उच्चलेंकमा बाहेक खेतबारी र बस्ती नजिकमा भने हिमपात पर्न सकेन । हिउँको व्यग्र पर्खाईमा बसेका तल्लो मुस्ताङी हिउँ नपरेपछि निराशा भए । उच्चलेंकका डाँडाकाढामा सामान्य हिउँ प¥यो तर बस्ती छेउछाउका नजिक हिउ नपर्दा खेतीयोग्य जमिन बाझै परे ।

मुस्ताङमा ८० प्रतिशत खेतीयोग्य जमिनमा सिचाईको व्यवस्था भएपनि स्याउ ,उवा ,फापर ,जौं ,आलु,मकै ,सिमी,बोडी र हिउँदे तरकारीका लागि हिउदयामको आवश्यक निकै आवश्यकता पर्दछ । हिउले खेतीयोग्य जमिनको भित्रि सतहसम्म चिस्यान भर्ने र जमिनलाई रिचार्ज गर्ने भएकाले हिउँदयामको मौसममा २÷३ चरण बाक्लो हिउँ आवश्यकता पर्ने थासाङ—१ टुकुचे स्थित शेर्पा नर्सरी फार्मका प्रोपाईटर राजन शेर्पाले उल्लेख गरे । हिउदयामको मौसममा स्याउको पात झरेर नाङ्गो भएपछि मुस्ताङका किसान स्याउ बगैचा सुधार तथा व्यवस्थापनमा व्यस्त रहन्छ । अक्सर पुस देखि माघ सम्म स्याउ बगैचाको काटछाट तथा औषधि छर्ने र बगैचा व्यवस्थापन गर्ने अवधिको सेरोफेरोमा किसानलाई हिउको आवश्यकता पर्ने शेर्पाको भनाई छ ।

जारी सिजन उपल्लो मुस्ताङमा हिमपात भएपनि तल्लो मुस्ताङमा हिउ पर्न सकेन । अनुकुल मौसममा हिमपात नभएपछि तल्लो क्षेत्रका किसान चिन्तामा छन् ।मुस्ताङको वारागुङ ,घरपझोङ र थासाङ गाउपालिकामा हिउँ पर्ने संकेत देखिएपनि हिउँ नपरेको घरपझोङ गापाका किसान दिनेश थकालीले जानकारी दिए ।

हिउँले किसानको अन्नबालीलाई सिचाईको मात्र होईन अन्नबालीमा लाग्ने रोग समेत नियन्त्रण गर्ने थकालीले बताए । जलवायु परिवर्तनका कारण गतवर्ष मुस्ताङको तल्लो क्षेत्र अन्र्तगत मार्फा,टुकुचे ,कोवाङ र चिवाङ लगायतका स्थानमा स्याउ बोटमा स्क्याप रोग देखा परेको थियो ।टकुचेका किसान सपुत थकालीले हिउँ पर्ने सिजनमा हिउँ नपरेको र मौसमी आद्रताका कारण स्याउको बोट र फलमा रोग देखा परेको हो ।

रोगका कारण पात झर्ने,बोट उजाड हुने ,स्याउ दानामा टिकटिके दाग देखिने पत्ता खुम्चिएर ढुसी लाग्ने र फलको गुणस्तरमा समेत हँस आएकाले किसानले ठुलो घाटा व्यवहोर्नु परेको थकालीको भनाई छ । मुस्ताङमा बर्सेनि स्याउ खेती बिस्तार गरिएपनि जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको रैथानेबाली प्रभावित बन्दै जान थालेको पाईएको छ ।

मुस्ताङमा शुक्रबार र शनिबार करिव ३ हजार मिटर उचाईको उच्चलेंकमा मात्र हिमपात भएको थियो । जारी सिजन तल्लो क्षेत्रमा यसरीनै हिउँ नपर्ने हो भने उत्पादन र गुणस्तरमा कमी आउने स्याउ जोन मुस्ताङले बताएको छ ।पछिल्लो समय जलवायु परिवर्तनका कारण किसानले लगाएको अन्नबालीमा असर पर्ने भएकाले अनुकुलनमा उपाय अपनाउन नसकेमा किसानले बर्सेनि क्षति व्यवहोर्न पर्ने देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *