बेलायती पुर्व मन्त्री शर्मा तथा राजदुत पोलिटसहितको जम्बो टोली मुस्ताङमा

सुन्दरकुमार थकाली, जोमसोम
बेलायती पुर्व मन्त्री तथा सयुंक्त राष्ट संघको जलवायु सम्वन्धी हेर्ने निकाय cop -26 का अध्यक्ष आलोक शर्मा तथा नेपालका लागि बेलायती राजदुत निकोला पोलिटसहित ८ जनाको जम्बो टोली बिहिबार बिहान मुस्ताङ पुगेर पोखरा फर्किएको छ । टोलिमा गोरखाकल्याणकारी कोषका कर्मचारी समेत छन ।

पछिल्लो समय हिमाली जिल्ला मुस्ताङको जलवायु परिवर्तन सम्वन्धी अध्यन तथा छलफल गर्न टोलि मुस्ताङ पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कोरोना कहरका कारण लामो बन्दाबन्दी लक डाउनसगै बन्द भएको पोखरा जोमसोम हवाई सेवा संचालनमा नआएपनी बेलायती पुर्व मन्त्रीको टोलि तारा एयरको जहाज चार्टर गरि मुस्ताङ पुगेको हो ।

टोलिमा ६ जना बिदेशी र २ जना नेपाली छन । पुर्व मन्त्री तथा तथा राजदुतसहितको टोलिले बिहिबार बिहान अन्नपुर्ण सरक्षणक्षेत्र आयोजना ( एक्याप) को टोलि सग जलवायु परिवर्तनको असर र अनुकुलनका सम्भावनाका बिषयमा जोमसोम स्थित होटल ओम्सहोम्समा छलफल तथा अन्तरक्रीया गरेको जनाईएको छ।

टोलिले तारा एयरको जहाज मार्फत मुस्ताङको भौगोलिक अवस्थाको अवलोकन गरेको छ ।टोलिले स्थानिय प्रशासन ,प्रहरी,एक्याप र बिमानस्थल सग समन्वय गरे पनि टोलिको भ्रमण अनौपचारिक रहेको जनाईएको छ ।टोलिले कार्यक्रमबारे स्थानिय मिडिया तथा पत्रकारलाई समेत कार्यक्रमका बिषयमा जानकारी गराएन । यता एक्याप जोमसोमले बेलायती टोलिसग जलवायु तथा वातावरण सम्वन्धी छलफल भएको बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *