मुस्ताङमा भिरबाट लडेर एकजनाको मृत्यु

सुन्दरकुमार थकाली, जोमसोम
मुस्ताङमा भिरबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ ।

जिल्लाकाे घरपझोङ गाउँपालिका वडा नम्बर ३ स्याङका ४९ वर्षीय टिकबहादुर थकालीको भीरबाट लडेर मृत्यु भएको हाे ।

स्थानीयले खोजतलास गर्ने क्रममा आईतबार बिहान ८ बजे गाउँ नजिकै जनकल्याण युवा क्लवको भवन माथिको भीर माथिबाट लडेरको अवस्थामा मृत शव भेटिएको जिप्रका मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारिले जानकारी दिनुभयाे ।

स्थानीयले शव मृत भेटेपछी वडाध्यक्ष महेन्द थकालीले प्रहरिलाई खबर गरेका थिए । जिप्रका मुस्ताङका प्रहरी नायब निरिक्षकको कमाण्डमा प्रहरी टोलि घटना स्थलमा पुगि कानुनी प्रक्रिया पुरागरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जोमसोममा लगिएको छ ।

प्रहरिका अनुसार करिव ५० मिटर अग्लो भीरबाट लडेर मृत्यु भएका ब्यत्तिको प्रहरिले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *