४८ वर्षपछि मुस्ताङ जिल्ला अस्पतालमा पहिलो शल्यक्रिया

आदर्श अनलाइन, मुस्ताङ

मुस्ताङ जिल्ला अस्पतालमा बुधबार पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ ।

बिहान ६ बजेर ३६ मिनेटमा मुस्ताङको थासाङ गाउँपालिका ३ लेते कालोपानीकी २४ वर्षीया अनीता परियारको शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो ।

उहाँले २ किलो ८ सय ग्रामको बच्चा (छोरा) जन्माउनुभएको छ । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.विशाल तिवारीका अनुसार अस्पतालमा यो नै पहिलो शल्यक्रिया हो ।

डा. कुन्दन कर्ण (एमडीजीपी) को नेतृत्वमा डा तिवारी, राजीव सापकोटा, नर्सद्वय सुनीता श्रीमल र नीता घर्तिमगर र सहयोगी सनीलाल परियारको टीमले शल्यक्रिया गरेको हो ।

२०३१ सालमा स्थापना भएको अस्पताल २०७५ देखि गण्डकी प्रदेश सरकारमातहत २५ शय्या क्षमतामा सञ्चालित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *