भाँडा साट्दै सिन्धुपाल्चोकदेखि म्याग्दीसम्म

अमृत बास्कुने, म्याग्दी
गोधुली साँझको समयमा हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–३ हाँडेभिर हुँदै खबरा तर्फ लाग्दै हुनुहुन्थ्यो सिन्धुपाल्चोकका चार जना ब्यपारीहरु । पिठ्युँमा ठूलो डोको अनि त्यही डोकोभरी थिए अनेकौं प्रकारका भाँडा बर्तनहरु । चार जनाको समुहमा अगाडी हुनुहुन्थ्यो सिन्धुपाल्चोक इन्द्रावती गाउपालिका–३ का ४८ वर्षिय केशब कुमाार आचार्य भने अन्तिममा विडा नं.–८ का फुलबहादुर तामाङ । पर्वतको अर्मादी डेरा लिएर म्याग्दी पर्वत तथा बागलुङ जिल्लाको ग्रामिण भेकमा पुगेर पुराना भाँडा सँग नयाँ साट्ने तथा नयाँ भाडा बिक्री गर्ने गर्दै आउनु भएको छ उहाँहरुले ।

पर्वतको कुश्मा नगरपालिकाको अर्मादीमा सिन्धुपाल्चोक इन्द्रावती गाउपालिका–८ का फुलबहादुर तामाङ सहित ६ जना र वडा नम्बर ३ का ६ जना गरी १२ जनाको समुह बस्ने डेरा छ । तीन छोरा र श्रीमती भएका तामाङलाइ पेशा गर्न थालेको कहिले भन्ने एकीन हेक्का छैन तर पनि बाबु बाजेदेखि नै यही पेशा गर्ने गरेकोले आफू पनि यही पेशामा लागेको बताउनुहुन्छ । पहिलो पटक त्यस्तै १२÷१३ वर्षको उमेरमा बाबा सँग भाँडा बोकेर ब्यापारमा निस्केका तामाङ अहिले सम्म पनि त्यही पेशामै हुनुहुन्छ । यस पटक पुस ४ गते आएर अर्मादी बस्न थालेको उहाँको समुहले फागुन अन्तिम सम्म यस क्षेत्रमा ब्यापार गरेपछि पुन गाउँ फर्केर अर्को ठाउँमा ब्यापारका लागि हिड्ने योजना रहेको बताउनुहुन्छ ।

डोकोमा नयाँ भाडा ल्याएर गाउँमा गएर कोही बेच्ने कोही साट्ने गर्ने सिन्धुपाल्चोकका ब्यापारीहरुको पुस्तैनी काम हो । उहाँहरुले आफ्नो नयाँ सामान र ग्राहकहरु सँगको पुरानो सामानको पनि मुल्य निर्धारण गर्ने र बराबर मुल्य परेमा पुरानो लिएर नयाँ सामान दिने गर्नुहुन्छ भने यदी मुल्य नयाँको कम परेमा आफूहरुले दिने र पुरानोको कम भएमा ग्राहक सँग रकम लिएर साट्ने गर्नुहुन्छ । पुराना भाडा लिने अनि पैसा थपेर नया साट्ने हाम्रो मुख्य सोच अनि काम नै हो अर्का ब्यापारी आचार्यको भनाई छ ।

आचार्य सहित अरु छ जना पनि ३ नम्बर वडाका ब्यापारीहरु अहिले अर्मादी बस्दै म्याग्दीका ग्रामिण भेकमा ब्यापार गर्दै हुनुहुन्छ । आचार्यकी श्रीमती र एक छोरा घरमा हुनुहुन्छ भने २ छोरीको बिबाह भै सकेको छ । उहाँको पनि तामाङकै जस्तो भनाइ छ सानै उमेर देखि यही पेसामा । सिन्धुपाल्चोककै बासिन्दाहरु नेपालका धेरै क्षेत्रमा गएर भाँडा वर्तन सटहीको काम गर्ने उहाँको भनाई छ । हामीहरु ढाँट छल जान्दैनौ त्यही भएरै नागरिकहरुले हामीलाइ बिश्वास गर्नुहुन्छ उहाँको भनाई छ ।

आचार्यका अनुसार व्यापार पहिला जस्तो छैन, अहिले सामान्य छ र वर्षमा एक पटक पर्वत बागलुङ म्याग्दी क्षेत्रमा ब्यापारका लागि आउने गरेका उहाँहरुले मासिक सबै खर्च कटाएर २० हजार सम्म जोगाउने बताउनुहुन्छ । यही ब्यापार सिकियो र यसैमा रमााएका छौं हुँदै भएन भने पनि महिनामा २० हजार रुपियाँ सम्म जोगाउने गरेको छु आचार्यको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *