मुस्ताङमा मानव कंकाल फेला

आदर्श सञ्चार, मुस्ताङ
मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित बेनी जोमसोम सडक खण्डको कल्भर्ट भित्र मानव कंकाल फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सडकको पानी फाल्न बनाइएको कल्भर्ट भित्र सडेको अवस्थामा मानव कंकालल भेटिएको हो । पहिचान गर्न नसकिने अवस्थामा फेला परेको उक्त शव कहिले मृत्यु भएको र के कारले भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

टाउकोमा भएको रौं छोटो भएको आधारमा पुरुष हुन सक्ने अनुमान लगाए पनि अवस्था हेर्दा महिला वा पुरुष भनेर छुट्याउन नसक्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो ।

रातो रंगको स्वीटर, साइडमा सेतो डोरा भएको कालो रङ्को टाउजर र टिसर्ट लगाएको शव फेला परेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *