भेटी संकलन गरेर समाज घर निर्माण

आदर्श अनलाइन, बागलुङ
म्याग्दीको मुख्य धार्मिक पर्यटकीय स्थल गलेश्वरधाममा भक्तजनले चढाएको भेटीबाट समाज घर निमार्ण भएको छ ।

मन्दिरमा पुजाआजा गर्न आएका भक्तजनले चढाएको भेटीबाट संकलन भएको रकमबाट समाज घर निर्माण गरेको गलेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष बम बहादुर पुनले जानकारी दिनुभयो ।

गलेश्वरधामा समाज घर निमार्ण भएपछी धार्मिक गतिविधि गर्न सहज हुने भएको छ । विवाह, बर्तबन्ध, भेला, बैठक बस्नको लागि आवश्यक परेकाले कोषको आन्तरिक आम्दानीबाट भवन निमार्ण गरिएको हो पुनको भनाई छ ।

२३ लाख लागत अनुमान गरिए पनि २१ लख ९६ हजार ५ सय रुपैयाँमा निर्माण सम्न्नि भएको हो । भवनमा १ सय ५० जना अट्न सक्ने पुनले बताउनुभयो । फागुनबाट निमार्ण सुरु गरिएको भवन ४ महिनामा सम्पन्न गरिएको कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *