५३ वर्षदेखि भेडा पाल्दै आएका जगत

आदर्श अनलाइन, म्याग्दी
चाडपर्व, झरीबादल, हिमपात जस्तो अवस्थामा पनि भेडाबाख्राको साथमा रहेर जंगलमा घुमन्ते शैलीमा भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउँपालिका–२ राखु भगवतीका जगत भण्डारी दैनिकी भेडाबाख्रा गोठमा वितेको छ । भण्डारीले ५३ वर्षदेखि भेडाबाख्रा पाल्दै आएका छन् । भण्डारीका छोरा गोपाल भण्डारीले गोठालासहित ३५० भन्दा भेडाबाख्रालाई जंगलमानै दिनमा चराउन रातमा कुर्नमा ब्यस्त हुन्छन् ।

२०२३ सालबाट ६० वटा भेडा किनेर ब्यवासायिक भेडाबाख्रा पालनको गरेको थिए । उन्को ४५ बर्षिय छोरा यही पेशामा तल्लिन छन् । भेडाबाख्रा पाल्दा दुख बढी हुन्छ, खाजा खाना समयमै हुदैन, बर्षभरिको दुख केही सिजनमा भेडाको साड,खशी र बोका बेचेर हुने आम्दानीले भुलाउने गर्छ । उनले भेडाबाख्रपालनबाट बार्षिक ६ लाख भन्दा बढी मुल्यको भेडाबाख्रा बेचेर घरखर्चसंगै राम्रो आम्दानी गर्दै आएका छन् । पशुपालनबाट बार्षिक रुपमा कमाएको पैसाले घर जग्गा र नगद जम्मा गर्न जगत भण्डारी सफल भएका छन् ।

रात वा दिनमा भेडा गोठालो र भेडाबाख्रालाई जोगाउने जिम्मा कुकुरको हुन्छ, दुइजना हेरालु र २ वटा कुुकर छन् । सुतेपनि चरन क्षेत्र वा गोठ वरीपरि आउने बस्तुहरु कुकुरले गन्धले थाहा पाएर भुकेर सुरक्षा दिने गर्छन । घाँस भएको जंगल र भिरपाखा, हिउँदमा बेशीका फाँट र बर्खामा हिमालको काँखका भेडा चराउन लानुपर्ने गोपाल भण्डारीले बताए ।

भकारी र त्रिपालले छाएको गोठमा बस्नेका लागि घरबाट आफन्तले खाद्यान्न पु¥याइदिन्छन् । भेडाबाख्रालाई जंगली जनावरको आक्रमणबाट जोगाउन सुरक्षाका लागि दुइवटा भोटे जातका कुकुर पालेको छन् । भेडाबाख्रा वरपर आएका जंगली जनावर चितुवा, स्याल र भालुलाई कुकुरले भुकेर भगाउनका लागि सहयोग गर्ने हेरालु धनबहादुर विश्वकर्माले बताए ।

भेडाबाख्रापालन ब्यवसायमा जंगलमा भेडाबाख्रा विरामी हुदाँ औषधीको अभाव र जंगली जनावार चोरबाट जोगाउने आधुनिक उपकरण अभाव हुदै आएको भेडापालक कृषक बताउछन् । म्याग्दी अनलाइनबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *