म्याग्दीका ४७ दिनका बालक थपिएपछि गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

कोरोनाबाट मृत्यु भएका म्याग्दीका ४७ दिनका बालक थपिएपछि गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको हो ।

गत असार १७ गते उपचारको क्रममा कोरोनाका कारण काठमाण्डौमा मृत्यु भएका म्याग्दी धौलागिरी गाउँपालिका-४ का बालकलाई स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेशको तथ्यांकमा समावेश गरेको भन्दै स्वास्थ्य निर्देशनालय गण्डकीले प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ रहेको जनाएको हो ।

स्वास्थ्य निर्देशनालयले सोमबार दिउसो एक विज्ञप्ति जारी गरी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या अपडेट गराएको हो। गण्डकी प्रदेशमा कोरोनाबाट कास्की र स्याङजाका २ – २ जना तथा तनहुँ, गोरखा, बागलुङ र म्याग्दीका १/१ जनाले ज्यान गुमाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *