कोरोनाको जोखिमको बिच म्याग्दीकाे ताकममा तीन दिनसम्म मेला आयोजना

आदर्श अनलाइन, म्याग्दी 
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा कोरोनाको जोखिमको ख्याल नगरि तिन दिन सम्म खेलकुद प्रतियोगित गरिएको छ । शुक्रबार देखी सुरु भएको मेला आईतबार सम्पन्न भएको छ।  तकममा रहेको विद्यालयको खेल मैदानमा नै खेलकुद प्रतियोगिता गरिएको थियो ।

नेपाल सरकारले लकडाउन खोले पनि भिडभाड नगर्न दिएको निर्देशन उल्लंघन गदैं स्थानीय यूवा क्लवले ताकम माविमा भिडभाडका बिच खेलकुद गतिविधि सञ्चालन गरेको छ । क्लबले बाहिरी गाउँपालिकाबाट आउनेलाई सहभागि नगराउने तर धवलागिरी गाउँपालिका भित्रबाट सहभागिता जनाउने गरि ३ दिन सम्म मेला सञ्चालन गरेकोथियो ।

तकममा तिन दिन सम्म मेला आयोजना हुदा पनी जिल्लास्थित सरोकारावाला निकाय बेखवर बनेका जस्तै बनेका छन् । जिल्ला प्रहरी कार्यालय बेनीमा मास्क नलगाई हिड्ने सर्वसाधारणलाई थर्काउने, कारबाही गरेर सदरमुकाममा कडाई गरेको छ ।

तर ताकम प्रहरी चौकीको नजिकै आयोजित मेलामा प्रहरी समेत मुखदर्शक बनेर बसेको थियो । स्थानीय धौलागिरी जनजन यूवा क्लव अन्तरगत टोल नं ५ ले भलिबल प्रतियोगिताको आयोजना गरेपनि क्लवको संस्थागत निर्णय नगरि मेला आयोजना भएको क्लबका एक सदस्यले जानकारी दिए । दुई तिन सम्म सञ्चालन गर्ने भनिएपनी प्रतिकुल मौसमका कारण मेला एक दिन लम्बाईएको थियो ।

प्रतियोगितामा प्रथम भएको टोल नं ८ मच्छिमले बोका उपलब्ध गराइएको आयोजनकले जनाएको छ । यता प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मेलाका बारेमा जानकारी नभएको बताएका छन् । ‘मेलाका बारेमा कुनै जानकारी छैन्,‘तत्काल बुझछु’ प्रजिअ अधिकारीले बताए ।

सदरमुकाम बेनी आसपासका क्षेत्रमा मास्क नलगाई हिड्नेलाई प्रहरीले कारवाही गर्ने, जरिवाना तिराउने गरेकोमा ग्रामिण क्षेत्रमा मेला नै सञ्चालन गर्दा समेत नजिकै भएको प्रहरी चौकीबाट कुनै चासो नदेखाइएको भन्दै सामाजिक सञ्जालमा तिब्र आलोचना हुन थालेको छ ।
छिमेकी जिल्ला बागलुङमा समुदायमै कोरोना फैलिएको अवस्थामा सिमा क्षेत्रमा कडाई गर्नुपर्ने अवस्थामा विद्यालय प्राङ्गनमा आयोजना हुनुले प्रश्न समेत उठेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *