म्याग्दीमा पत्नीको हत्यागरी बारीमा गाड्ने वीरबहादुर किसान पक्राउ

आदर्श अनलाइन, म्याग्दी
मंगलबार राति श्रीमतीको हत्यागरी बारीमा लगेर गाड्ने एक युवा प्रहरीद्वारा पक्राउ परेका छन् ।

म्याग्दी जिल्ला बेनी नगरपालिका–१ बेलबोट निवासी ४३ वर्षीया पत्नी माया बोहोरालाई हत्यागरी बारीमा लगेर गाड्ने ४० वर्षीय वीरबहादुर किसानलाई बुधबार प्रहरीले पक्राउ गरेको  छ।

किसानले पत्नीको हत्यागरी घरदेखि ७ मीटर पश्चिमपट्टी बारीमा लगेर गाडेको स्थानबाट बुधबार बिहान ९.०० बजे प्रहरीले उक्त लाश उत्खनन गरेको हो । बोहोराको शव शल्य परीक्षणको लागि म्याग्दी जिल्ला अस्पताल पठाइएको छ । बोहोराका पति वीरबहादुर किसानलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि वढाएको छ ।

घटनको प्रकृति हेर्दा हत्या गरेर गाडेको जस्तो देखिन्छ घटनाको बारेमा थप अनुसन्धान शुरु गरिउको जानकरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *