म्याग्दीका एक कोरोना संक्रमित सम्पर्कबिहीन

आदर्श अनलाइन, म्याग्दी
शनिबार काेराेना संक्रमण पुष्टि भएका बेनीका ४४ वर्षीय पुरूष सम्पर्क विहिन भएका छन् ।

बेनी नगरपालिका ७ का ती पुरूषले गण्डकी अस्पताल पाेखरामा काेराेना परिक्षणका लागि स्वाव दिएका थिए ।

काेराेना पाेजेटिभ देखिएपछि उनलाई सम्पर्क गर्न खाेज्दा माेवाईल अफ रहेकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयाे ।

शनिबार स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती मा बेनपा ७ का पुरूषमा काेराेना पुष्टि भएकाे उल्लेख छ । माेवाईल अफ गरेकाले उनकाे खाेजिमा समस्या भएकाे उहाँले बताउनु भयाे ।

बेनीबाट पोखरा उपचारका लागि पुगेका समयमा कोरोना परिक्षण गर्दा पोजेटिभ आएको हुन सक्ने उहाँले बताउनुभयो । संक्रमितलाई सम्पर्कमा अाउन स्वास्थ्य कार्यालयले अनुराेध गरेकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *