म्याग्दीकाे भाइबाङ खोलामा जिप दुर्घटना, एकको मृत्यु

आदर्श अनलाइन, बागलुङ
म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरको भाइबाङ खोलामा बोलेरो दुर्घटनामा एकको मृत्यु भएको छ, भने ५ जना घाइते भएका छन् । बावियाचौर लाम्पाताबाट सल्लानतर्फ जाँदै गरेको अवस्थामा भाइबाङ खोलमा दुर्घटना भएको हो ।

प्रदेश २–०३००१ च ०२५२ नम्बरको बोलेरो दुर्घटनामा चालक खुमबहादुर कटुवालकी एक छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

चालक सहित पाँचजनालाई थप उपचारका लागि बेनी अस्पतालतर्फ ल्याउँदै गरिएको म्याग्दी प्रनाउ किरणजंग कुवरले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाईतेको गाउँपालिकाको सवारीसाधन, ट्याक्सीमा ल्याउँदै गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *